युवा शक्ति केन्द्रीय समितिद्वारा अनित थापासित भेटघाट

दार्जिलिङ बजार क्षेत्रको जिम्मेवारी अबदेखि युवा शक्ति केन्द्रीय समितिलाई

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवाशक्तिको केन्द्रीय समितिले केन्द्रीय अध्यक्ष अमृत योञ्जनको अगुवाईमा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक महकुमा समितिका प्रतिनिधि ट‍ोलीलाई आज भागोप्रमो प्रमुख एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापासित विभिन्न सांगठनिक विषयहरूमा भेटघाट गरेका छन्। युवा शक्ति केन्द्रीय समितिद्वारा जीटीए चिफ् एक्जीक्युटिभको गरिमामय पदमा आसिन भागोप्रमो संस्थापक अध्यक्ष अनित थापालाई समग्र केन्द्रीय युवाशक्तिद्वारा हार्दिक अभिनन्दन एंव बधाई टक्राइएको छ। यसै भेटघाटमा भागोप्रमो अध्यक्ष अनित थापाले दार्जिलिङ टाउन क्षेत्रको जिम्मावारी युवा शक्ति केन्द्रीय समितिलाई सुम्पेका छन्। त्यसरी नै पार्टी अध्यक्ष अनित थापाको निर्देशनमा आजदेखि मिरिक महकुमाको युवा शक्तिको कमिटी भंग गरी मिरिक महकुमाको लागि विवेक तामाङलाई कन्भेनरको पदमा मनोनित गरिएको छ। त्यसरी नै युवा शक्ति दार्जिलिङ महकुमाक सचिव उपकार नेचालीलाई पार्टीभित्र नै रहेर पनि पार्टी विरोधी कार्य गरेको पाइएकोमा पार्टी अध्यक्ष अनित थापाको निर्देशनमा सोकस दिएर दोषी प्रमाण भए युवा शक्ति दार्जिलिङ महकुमा समिति र केन्द्रीय समितिबाट पनि निष्कासित गरिने भएको छ। पार्टी अध्यक्ष अनित थापासित भेटघाट गर्नेहरूमा युवा शक्ति केन्द्रीय समितिको अध्यक्ष अमृत योञ्जन, महासचिव सदीप प्रधान, केन्द्रीय प्रवक्ताद्वय निरज थापा र अनित थापा, उपाध्यक्ष निरेन लामा, केन्द्रीय सांगठनिक सचिव पुष्कर सिंगर, केन्द्रीय सदस्य मिन्टु राई, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ लगायत अन्यहरू उपस्थित रहेका थिए।

पार्टी अध्यक्ष अनित थापासित सौहार्दपूर्ण भेटघाट गरेपछि खरसाङको टुरिस्ट लजमा पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति केन्द्रीय समितिको प्रवक्ता अनित खातीले आज युवा शक्ति केन्द्रीय समितिको पदाधिकारीहरूद्वारा आज पार्टीको संस्थापक अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई हामीले बधाई दिएको अनि पार्टीको सांगठनिक धरातल विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति केन्द्रीय समितिको महासचिव सदीप प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आज पार्टीको अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापासित युवा शक्तिको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार चुनावमा दार्जिलिङ टाउन क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको परिणाम राम्रो नभएको कारणले अब दार्जिलिङ बजार क्षेत्र जोरबंगलोदेखि सिंहमारीसम्मको सांगठनिक गतिविधि विषयमा अब पार्टी अध्यक्ष अनित थापाले युवा शक्ति केन्द्रीय समितिलाई जिम्मेवारी दिइएको बताएका छन्। महासचिव प्रधानले दार्जिलिङ बजार क्षेत्रमा अब युवा शक्ति केन्द्रीय समितिले पार्टीको सांगठनिक गतिविधिहरूलाई लिएर आफ्नै तरिकाले कार्य गर्नेछ भनी बताएका छन्। उनले अब युवा शक्तिको केन्द्रीय समितिके कुनै सदस्य लगातार दुईपल्टसम्म सभामा अनुपस्थित रहेको खण्डमा युवा शक्ति केन्द्रीय समितिबाट निकालिनेछ भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *