बंगाल: ट्रकको चपेटमा आएर वृद्धाको मृत्यु

1691325974_1685363623_accident.jpg

अलीपुरद्वार: ट्रकको चपेटमा आएर एक वृद्धाको मृत्यु भएको छ। मृत वृद्धाको नाम पारुल मलिक (९०) बताइएको छ। यो घटना मदारीहाट थाना क्षेत्रको वार्ड नम्बर ३ अश्विनीनगर संलग्न एशियन हाईवे ४८ मा आइतवार सॉंझ घटेको हो। मदारीहाट थाना प्रभारी मिंगमा शेर्पाले भने, एशियन हाईवे पार गरिरहेको समय ट्रकको चपेटमा आएर वृद्धको घटनास्थलमै मृत्यु भयो। वृद्धा अश्विनीनगर निवासी थिइन्। उनी मानसिक रूपमा विक्षिप्त थिइन्। ट्रक जफत गरिएको छ। शव सोमवार पोस्टमार्टमको निम्ति अलीपुरद्वार जिल्ला अस्पताल पठाइने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement