मिरिक: क्रामाकपाको नारी एकाई गणतान्त्रिक क्रान्तिकारी नारी मोर्चाको सभा मिरिकको छोटा टिङलिङस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा नारीहरूको हक र अधिकारको निम्ति संगठित बन्नु पर्ने र चुल्हा चौका मात्र होइन तर समाजका विसंगति रूढीवाद विरूद्ध सामाजिक चेतना फैलाउनुपर्छ भन्ने बारेमा चर्चा गरियो। जाति मुक्ति संग्राम साथै हरेक आन्दोलनमा अग्रणी भूमिका नारीहरूले निभाएकै छ। तर योगदानको मूल्याङ्कन भने सठीक हुन सकेको छैन। गक्रानामोको मूल मन्त्र गणतन्त्र, समानता र नारी मुक्तिलाई शिरमा राखी नारी एकता र संगठन मजबुत पार्ने विषयमा नेतृत्वहरूले जोड दिएका थिए। धेरै समयको अन्तरालमा मिरिक भेकमा नारी मार्चाको यो सांगठनिक अभियानलाई सबैले स्वागत जनाए। आजको सभामा केन्द्रीय सभापति बिन्दिया गोतामे, महासचिव सञ्जिला घिसिङ र अन्य केन्द्रीय नेतृत्वहरू सीमा तामङ, भारती तामङ, अनुराधा घतानी, सुषमा तामङ, बानिरा गोतामे विशेष रूपमा उपस्थित थिए भने स्थानीय कमरेड बानिरा खवासले सभापतित्व गरेकी थिइन्।

उक्त सभामा नारी मोर्चा छोटा टिङलिङ शाखा गठन गरियो जसमा सभापति माया लेप्चा, उप सभापति रेखा खवास, सचिव बानिरा खवास, सह सचिव प्रीति राई लेप्चा र कोषाध्यक्ष सुकमित लेप्चा लगायत १० जनाको कार्यकारी समिति गठन गरियो। सभामा पर्यवेक्षकको रूपमा क्रामाकपा केन्द्री नेतृत्वद्वय कमरेड अरूण घतानी र कमरेड अर्जुन थापा पनि उपस्थित थिए। सभामा ८ मार्च अन्तराष्ट्रिय नारी दिवस पालन गरिने साथै १० मार्च केन्द्रीय कार्यालय दार्जीलिङमा पालन गरिने जानकारी गराइएको छ।









