गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज पाकिम जिल्लाको नाथाङ माछोङ निर्वाचन क्षेत्र अन्तर्गत रहेको धेरै मतदान केन्द्रहरूको निरीक्षण गरे। यस भ्रमणको उद्देश्य मतदान केन्द्रहरूमा अनिवार्य न्यूनतम आवश्यकताहरूको पालनाको सावधानीपूर्वक मूल्याङ्कन र पुष्टि गर्नु रहेको र यसका साथै सबै निर्वाचन क्षेत्रमा चुनाउको समयमा सहज र प्रभावकारी ढङग्मा निर्वाचन प्रक्रियालाई सम्पन्न गराउनु रहेको थियो।
निरीक्षणको क्रममा जिल्लापाल छोपेलले मतदान केन्द्रहरूको प्रत्येक पक्षलाई सावधानीपूर्वक जाँच गर्दै सबै निर्वाचन क्षेत्रका मतदाताहरूलाई भारतीय निर्वाचन आयोगको दिशा निर्देश बमोजिम सबै प्रकारको सुविधा उपल्बध गराउनु रहेको थियो। राज्यका सबै योग्य मतदाताहरूका लागि निष्पक्षता, पारदर्शिता, र पहुँच सुनिश्चित गर्नमा गहिरो ध्यान केन्द्रित गर्दै सम्भावित रूपमा चुनावी प्रक्रियामा बाधा पुर्याउन सक्ने कुनै पनि सम्भावित मुद्दाहरू वा कमजोरीहरू पहिचान गर्ने उद्देश्यमाथि ध्यान केन्द्रित गर्नुपर्ने उनले सुझाउ दिए।