भाटपाडामा बम विस्फोट

भाटपाडा: भाटपाडा नगरपालिकाको वार्ड नम्बर १४ मानिकपिर क्षेत्रको एउटा बेवारिसे सडकमा समाज विरोधीले राखेको बम विस्फोट भएको छ। जसका कारण सडकसँग जोडिएको एक मजदुरको घरको पर्खाल पूर्णरुपमा भत्किएको छ। त्यतिबेला घरमा अहेका दुईजना बालबालिका भागेर निस्किए। बम विष्फोटबाट उक्त व्यक्तिको घर ध्वस्त भए पनि त्यसमा कुनै क्षति भएन। खबर पाएलगत्तै भाटपाडा पुलिस थानाबाट पुलिस पुगेर घटनास्थलको निरीक्षण गर्यो। घटनाले इलाकाका जनतामा त्रास फैलिएको छ। यसै महिना नै पुलिसले भाटपाडा अञ्चलका विभिन्न क्षेत्रबाट बम बरामद गरेको थियो। सोही क्रममा सीआईडीको बम स्क्वाड टोलीले निष्क्रिय पारेको थियो।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *