सिक्किम: जोरथाङमा आयोजित मेगा आमासा हिलिङ क्याम्पको समापन

n586334480170887442986736310ce0aba1ee031c2733475e52aaac1627f111ca848a9e4196d70d0016f48a.jpg

२०१९ भन्दा अघि प्रेमवादीहरू गुरु हजूरलाई भेट्नको लुकेर जानु पर्थ्योः मुख्यमन्त्री तामाङ

गान्तोक: गत १० फरवरीदेखि जोरथाङमा शुरु भएको मेगा आमासा हिलिङ क्याम्पको आज समापन भयो।

हेभेन्ली निर्वाण पाथद्वारा आयोजित मेगा आमासा हिलिङ क्याम्पको समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह ताङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेको थिए।

समापन कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीबाट नाम्चीमा वर्षेनी सम्पन्न भइरहेको मुख्यमन्त्री कोचिङ शिविरका शिक्षकहरूलाई प्रमाण पत्रद्वारा सम्मानित गरियो। यसरीनै यसै कार्यक्रममाझ हेभेन्ली निर्वाण पाथका युवा प्रकोष्टद्वारा आयोजित मिनी ओलम्पिकका विजेताहरूलाई मुख्यमन्त्री तामाङको बाहुलीबाट पुरस्कार प्रदान गरियो।

सोही प्रकारले मुख्यमन्त्री विवेकाधिन अनुदानअन्तर्गत विभिन्न व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान गरियो। यसरी नै विभिन्न महाविद्यालयमा सेवा पुऱ्याएका प्रध्यापकहरूलाई पनि मुख्यमन्त्री तामाङको बाहुलीबाट स्थायीकरणको आदेश पत्र हस्तान्तरण गरियो। प्रेमवाद दर्शनलाई सिक्किममा खुल्ला रुपमा परिचालन गर्ने माहोल निर्माण गरेको साथै आमासा हिलिङ सेन्टर निर्माण गर्नको निम्ति सरकारले दिएको योगदानको निम्ति हेभेन्ली निर्भाना पाथले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सम्मान जनायो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले मास्टर गडएञ्जलले सिक्किम भूमिलाई माया गरेको कारण नै आफ्नो स्थानलाई त्यागेर सिक्किममा नै बसेर रोगीहरूलाई आमासा पद्द्तिद्वारा राम्रो गर्ने कार्य भइरहेको बताए। सिक्किमे जनताप्रतिको उनको यो सेवाकार्यको निम्ति मुख्यमन्त्री तामाङले सम्पूर्ण जनताको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद दिए।

मास्टर गडएञेजलले सबै कुराको त्याग गरेर सिक्किमे जनताको निम्ति आफ्नो जीवन समर्पण गरेको बताए। उनले थप भने “कतिले यसलाई धर्म भनेर आक्षेप लाउने गर्दछन्, तर यो धर्म नभएर संसारमा प्रेमलाई फैलाउने दर्शन हो। २०१९ भन्दा अघि प्रेमवादीहरूले गुरुहजूरलाई भेट्नको निम्ति लुकेर जानु पर्ने तत्कालिन सरकारले स्थिति सृजना गरेको मुख्यमन्त्रीले बताए।

पूर्व सरकारले सिक्किमे जनताले गुरुहजुरको प्रेमवादलाई मनपराएर उनीप्रति आकर्षण भएको बताउँदै अनुयायीहरूले त्यस बेलाको सरकारले गुरुहजुरमाथि विभिन्न प्रकारको आरोप लगाउँदै षडयन्त्र गरेको आरोप लगाए। तर २०१९ मा प्रेमवादीहरूको एक भोटको कारण एसकेएम पार्टीलाई सरकारमा पुऱ्याएपछि पूर्व सरकारले लगाएको गुरुहजूरमाथिको प्रतिबन्धलाई हटाएको उनले जानकारी गराए। हेभेन्ली निर्वाण पाथद्वारा प्रत्येक वर्ष आयोजना हुने मेगा आमा हिलिङ क्याम्पमा आफू स्वयं पनि उपस्थित बनेर गुरुहजूरबाट शिक्षा ग्रहण गर्न पाएकोमा मुख्यमन्त्री तामाङले खुशी व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement