गेजिङ एफसीद्वारा आक्रमण एफसी पराजित

IMG-20240225-WA0236.jpg

गान्तोक: गत 3 फरवरीदेखि शुरू भएको सिक्किम प्रिमियर लीग खेल अन्तर्गत आज राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित खेल आक्रमण एफसी बनाम गेजिङ एफसीबीच सम्पन्न भएको थियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा एसकेएम युवा प्रकोष्ठका प्रमुख समन्वयक तेञ्जिङ दोर्जी भोटिया रहेका थिए। आजको खेल अति नै रोचक बनेको थियो। खेल शुरू भएको तीन मिनट पनि नबित्दै गेजिङ एफसीले एक गोल गरेर टोलीलाई हौसला दिएको थियो। यस खेलमा गेजिङ एफसीले दुई गोलको विरूद्ध तीन गोल गरेर अघिलो चरणमा स्थान पक्का गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement