गान्तोक: पूर्व जिल्लाको लिङदोम बस्ती नजिक रे- मिन्दुमा १३औं आइटीबीपी बटालियनको पहलमा सर सफाई कार्यक्रम आयोजना गरियो। आइटीबीपीका जवान साथै स्थानीयहरको सहभागितामा आयोजित सर सफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको छ। आइटीबीपी मुख्यालयका हरि सिंहको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा उनले स्थानीयहरूलाई सर सफाई साथै स्वच्छताबारे सचेत गराए। उनले आफ्नो वरिपरि सर सफाई राख्दै पर्यावरणलाई स्वच्छ बनाउन सबैको जिम्मेवारी रहेको जानकारी गराए। सिंहले सरसफाइको बारेमा पनि विस्तृतरूपमा गराए। यसका साथै उनले सबैतिर सर सफाई गर्नाले पर्यावरणबाट शुद्ध एव ताजा हावा पाउन सक्ने बताए। धेरै रोगहरू अस्वच्छ वातावरण र फोहोरबाट उत्पन्न हुने अवगत गराए। महात्मा गान्धीले देखेको स्वच्छ भारतको सपना साकार गर्नका लागि फोहोर, पोलिथिन आदिलाई निश्चित स्थानमा फाल्नुपर्ने आग्रह गरे।