बंगाल: विधायक निरज जिम्बाद्वारा दार्जीलिङको वार्ड नम्बर १४ तुङसुङ जन-कल्याण समितिको सार्वजनिक भवनको उदघाटन

IMG-20240225-WA0216.jpg

दार्जीलिङ: दार्जीलिङका विधायक निरज जिम्बाद्वारा आज दार्जीलिङको वार्ड नम्बर १४ मा तुङसुङ जन-कल्याण समितिको सार्वजनिक भवनको उदघाटन गरेका छन्। आफ्नो विधानसभा क्षेत्रमा विकासको कार्यलाई अघि बढाउँदै विधायक कोषबाट विभिन्न परियोजनाहरु तीब्र गतिमा अघि बढिरहेको विधायक निरज जिम्बाले बताएका छन्। दार्जीलिङ नगरपालिका क्षेत्र अन्तर्गत विधायक इलाका उन्नयन प्रकल्प योजना वर्ष २०२२/२०२३ क्षेत्र विकास योजना कोषबाट वार्ड नम्बर १४ तुङसुङ जन-कल्याण समितिको सार्वजनिक भवनको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएका छन्। उक्त सार्वजनिक भवन १५,००,००० अनुमानित राशिमा कार्य सम्पन्न भएको छ। तुङसुङ जन-कल्याण समितिका सभापति सचिव लगायत समाजका सदस्यहरुको उपस्थितिमा बौद्ध धर्म गुरुद्वारा विधिवत पूजा आर्चना गरी समाजका बृद्ध बुजुर्ग अनि विधायक निरज जिम्बाको बाहुलीबाट उदघाटन गरियो।लोवर तुङसुङमा सार्वजनिक भवनको धेरै खाँचो रहेको कारण तुङसुङ जन-कल्याण समितिले विधायक निरज जिम्बालाई निवेदन गर्दै ज्ञापन पत्र समेत बुझाएपछि विधायक जिम्बाद्वारा सार्वजनिक भवनको निर्माण गरिदिने वचन दिएका थिए। जन-कल्याण समितिका सभापति नारायण प्रधानले समितिको तर्फबाट विधायक जिम्बाप्रति आभार व्यक्त गर्दै भने, तल्लो तुङसुङमा सार्वजनिक भवन नभएको कारण समाजले धेरै कष्ट भोग्नु परेको थियो। आज हाम्रो समस्याको समाधान भएको छ।

विधायक निरज जिम्बाले आफ्नो जनप्रतिनिधिको धर्म निभाएका छन्। तुङसुङ जन कल्याण समितिको तर्फबाट धन्यवाद दिन चाहान्छौं। यसै क्रममा विधायक निरज जिम्बाद्वारा समाज भवनको माथिल्लो तल्लाको पनि निर्माण गरिदिने वचन दिन्दै भने, यो समाज भवन राम्रोसंग निर्माण भएको छ। ठेकेदार लगायत समाजका प्रतिनिधिवर्गको अथक प्रयास हो। म उनीहरुप्रति आभार व्यक्त गर्दछु भनी विधायक निरज जिम्बाले सम्बोधनको क्रममा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement