तीनधारेमा श्रमिक संगठन गठन

खरसाङ: तीनधारे क्षेत्रका बेरोजगार युवाहरूलाई लिएर श्रमिक संगठन गठन गरिएको छ। यस विषयमा तीनधारेको राजबारीस्थित जनसेवा संघमा एक सभा मदन दियालीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा उपस्थित श्रमिक सदस्याहरूलाई सम्बोधन गर्दै अजय विश्वकर्मले आजको सभा विषयमा जानकारी गराए। उनले तीनधारे क्षेत्रको युवाहरू बेरोजगार भएर बसेको र आफ्नै क्षेत्रमा काम नपाएर बेरोजगार भएर बस्नु बाध्य परेको बताइएको छ। यसै कुरालाई ध्यानमा राखेर श्रमिक संगठन तीनधारे शाखाको गठन गरिएको छ र यस कमिटीमा अजय विश्वकर्मलाई संयोजक चयन गरिएको छ। यसै संगठनको आगामी सभा आगामी अगस्तको दिन गरिने भएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *