बंगाल: राज्य सरकारद्वारा सय दिने कामको लागि जीटीएलाई १२९ करोड ४२ लाख ८९ हजार ७२८ रुपैयाँ स्वीकृत

1000579021.jpg

दार्जीलिङ: राज्य सरकारले सय दिनको कामका लागि जीटीएलाई १२९ करोड ४२ लाख ८९ हजार ७२८ रुपैयाँ स्वीकृत गरेको जीटीएको प्रमुख कार्यपाल अनित थापाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले उक्त रकम भुक्तानी २६ फवरीदेखि शुरु हुने र यो अगामी १ मार्च २०२४ सम्म पूरा हुने बताएका छन्। अनित थापाले भने, ‘यो रकम केन्द्र सरकारबाट आउनु पर्ने थियो। तर उनीहरुले हाम्रो पसिनाको पैसा रोकेका छन्। सांसद राजु विष्टले सञ्चारमाध्यममा हाम्रा जनताको कामको भुक्तानी रोकेको स्पष्ट रूपमा बताका थिए।’
अनित थापाले अघि भने, जीटीएका जनताको तर्फबाट म मुख्यमन्त्री ममता ब्यानर्जीलाई जनताको समस्यालाई सम्बोधन गर्नुभएकोमा धन्यवाद दिन्छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement