खरसाङ: भागोप्रमोको २९ नम्बर खरसाङ गिद्ध पहाड समष्टीद्वारा मिशन जागरण अन्तर्गत घर दैलो अभियान कार्यक्रम थालिएको छ। २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टी अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायत प्रधान रिना छेत्री अनि उप प्रधान आशिष छेत्रीको अगुवाईमा गिद्ध पहाडको गोदाम पाखा गाउँमा मिशन जागरण अन्तर्गत घर दैलो अभियान सम्पन्न गरिएको छ। उक्त कार्यक्रम अनुसार घर दैलो कार्यक्रम गरियो। यस मिशन जागरण कार्यक्रममा विशेष रूपमा २९ नम्बर समष्टीको महासचिव एंव पञ्चायत समिति सदस्य भक्तिमान तामाङ, जोनल नारी शक्ति अध्यक्षा ज्योती छेत्री, को-अर्डिनेशन टोलीका पवन बस्नेत अनि शिव गिरी लगायत नारी जोनल समितीका सदस्याहरु उपस्थित रहेका थिए।

उक्त मिशन जागरण अन्तर्गत घर दैलो कार्यक्रममा ग्रामवासीहरुलाई जागरुक गराउन उप प्रधान आशिष छेत्री, पञ्चायत प्रधान रिना छेत्री अनि समष्टी सचिव भक्तिमान तामाङले सम्बोधन गरेका थिए। २९ नम्बर समष्टीद्वारा मिशन जागरण अन्तर्गत घर दैलो अभियान गौरी शंकरमा पनि सम्पन्न भएको छ। उक्त अभियानमा समष्टि सभापति पेमेन्द्र गुरुङ, खरसाङ खण्ड पञ्चायत समिति सभाधिपति अनु छेत्री प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। घर दैलो अभियानमा वक्ताहरूले जनताको घर दैलोमा पुगेर विगत १५ वर्षमा केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूको लागि केही नदिएको तर केवल झूटको राजनीति गरेर गोर्खाहरूको कुनै पनि मांग पूरा नगरेको बताएका छन्।

वक्ताहरूले भाजपाले गरेको झूटको राजनीतिलाई यसपालीको लोकसभा चुनावमा जवाब दिने आह्वान् पनि गरेको भनी जानकारी जोनल नारी अध्यक्षा ज्योती छेत्रीले दिएकी छन्।