भाजपाले बंगालमा डबल इन्जिन सरकारल्याउने सुभेन्दु अधिकारीको भनाइ

Shubendu-Adhikari-3

कोलकाता: भाजपाका नेता सुभेन्दु अधिकारीले पश्चिम बंगालमा राष्ट्रवादी डबल इन्जिन सरकार ल्याउने र राज्यमा मुख्यमन्त्री ममता ब्यानर्जीको शासनको अन्त्य गर्ने दिशामा काम गरिरहेको बताएका छन्। अधिकारीले यहाँ जवाहरलाल नेहरू विश्वविद्यालयमा पश्चिम बंगालमा राजनीतिक हिंसाका बारेमा प्यानल चर्चालाई सम्बोधन गर्दै उक्त टिप्पणी गरे। उत्तर २४ परगना जिल्लाको सन्देशखाली ब्लकमा चलिरहेको विरोध प्रदर्शनको बारेमा बोल्दै अधिकारीले सत्तारुढ तृणमूल कांग्रेसले हिन्दूहरू विरुद्ध हिंसा फैलाएको आरोप लगाए। बंगलादेशी अप्रवासीहरूलाई घुसपैठ गराइ राज्यमा बसोबास गराएर राज्यको जनसांख्यिकी परिवर्तन गरिरहेको आरोप उनले लगाए। ‘भारतीय जनता पार्टीले पश्चिम बंगालमा राष्ट्रवादी डबल इन्जिन सरकार बनाउने काम गरिरहेको छ’, उनले भने। सन्देशखाली ब्लकमा महिलाहरू विरुद्ध कथित यौन हिंसा र भूमि कब्जाको घटनाहरूको आलोचना गर्दै उनले जेएनयुका विद्यार्थीहरूले यस मुद्दाको विरूद्ध आवाज उठाउनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement