एसएससी घोटाला मामला: मन्त्री ब्रात्य बसुले नौकरी अभ्यर्थीहरूलाई बोलाए बैठकमा

कोलकाता: एसएससी घोटाला मामलामा शिक्षा मन्त्री ब्रात्य बसुले एसएससी घोटाला नौकरी अभ्यर्थीहरूसित भेट गर्नअघि प्रशासनिक बैठक गर्नेछन्। उनले ८ अगस्तमा ती प्रदर्शनकारीहरूका प्रतिनिधिहरूलाई बैठकमा बोलाएका छन्। स्रोतहरू अनुसार यसअघि सोमबार क्याबिनेटको बैठकअघि शिक्षा मन्त्रीले एसएससीको नियुक्तिमा बैठक डाकेका छन्। दिउँसो १ बजे विकास भवनमा बैठक बस्नेछ। उल्लेख्य, एसएससी भर्ती भ्रष्टाचारलाई लिएर राज्यको राजनीति गर्मिएको छ। अहिले राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जी र उनका करिबी अर्पिता मुखर्जीलाई पक्राउ गरिएको छ। टालीगञ्ज र बेलघरियामा मन्त्रीका करिबीको दुईवटा फ्ल्याटबाट ईडीले कूल ५० करोड रूपियाँ बरामद गरेको छ। प्रवर्तन निदेशालयले भारी मात्रामा सुन पनि जफत गरेको छ।

यसबीच नौकरी अभ्यर्थीहरूले नियुक्तिको मागलाई लिएर आफ्नो हड्ताल जारी राखेका छन्। यस्तोमा तृणमूल राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले हस्तक्षेप गरे। एसएससी आन्दोलनकारीहरूको आठजना प्रतिनिधि शुक्रबार उनको कैमाक स्ट्रीट कार्यालय पुगे। अभिषेकले उनीहरूसित भेट गरे। उनले सन् २०१६ मा एसएससी मेरिट सूचीमा सामेल सबैलाई नौकरीको आश्वासन दिए। बैठकपछि आन्दोलनको मुख्य अनुहारहरूमध्ये एक शाहिदुल्लाले बैठक सकारात्मक रहेको भने। अभिषेकले भनेका छन्, ‘१०० प्रतिशत प्रयास गर्नेछौं ताकि २०१६ को एसएससी मेरिट सूचीमा आउने प्रत्येकलाई नौकरी प्राप्त हुनसकोस्। यसबाट कोहीपनि वञ्चित नहोस्, यो सुनिश्चित गर्ने प्रयास गर्नेछुl’ एसएससी आन्दोलनकारीहरूका प्रतिनिधिहरूले ८ अगस्तमा शिक्षा मन्त्री ब्रत्य बसुको साथ बैठक गर्नेछन्। त्यस बैठकमा एसएससी अध्यक्ष पनि उपस्थित रहने सम्भावना छ। यसअघि शिक्षा मन्त्रीले प्रशासनिक स्तरमा बैठक गर्नेछन्।

 

About Author

Advertisement