चौथो टेस्ट र सीरीज जित्ने दिशामा अग्रसर भारत

IMG-20240225-WA0207.jpg

राँची:  स्पिन आक्रमणको दममा भारत फेरि एकपल्ट घरेलु टेस्ट सीरीज जित्ने दिशामा अग्रसर भएको छ। आइतवार म्याचको तेस्रो दिन भारतको पहिलो ईनिंग्स ३०७ रनमा समाप्त भयो। यसरी पहिलो ईनिंग्सको आधारमा ४६ रनको बढ़त हासिल गर्ने ईंग्ल्याण्डले दोस्रो ईनिंग्समा चाहिँ केही खास गर्न सकेन अनि भारतीय स्पिन आक्रमण समक्ष बेन स्टोक्सको कप्तानीमा रहने टीम केवल १४५ रन बनाएर अलआउट भयो। यसरी भारतलाई जीतको निम्ति १९२ रन बनाउने लक्ष्य हासिल भयो। यस लक्ष्यलाई खेदो गर्दै भारतले आज तेस्रो दिनको खेल समाप्त हुँदासम्म कुनै विकेट नगुमाइ ४० रन बनायो। कप्तान रोहित शर्मा २४ र यशस्वी जयसवाल १६ रनमा अविजित छन्। यसरी सोमवार म्याचको चौथो दिन भारतले जीतको निम्ति थप १५२ रन बनाउनु पर्नेछ जबकि हातमा पूरा १० विकेट रहेको छ। यसको विपरीत ईंग्ल्याण्ड समक्ष चाहिँ भारतलाई द्रुत अलआउट गर्ने चुनौती रहेको छ।
आज भारतले दोस्रो दिनको स्कोरमा ८८ रन योग गरी रहल ३ वटा विकेट गुमायो। भारतको निम्ति आफ्नो दोस्रो टेस्ट म्याच खेलिरहेका विकेटकीपर ब्याटर ध्रुल जुरेलले आज असाधारण परिपक्वताको साथ खेल्दै ९० रन बनाए। सामान्यले गर्दा शतकदेखि वञ्चित हुने जुरेलले १४९ बल खेलेर ६ वटा चौका र ४ वटा चौका लगाए। उनले कुलदीप यादव (२८)-सँग मिलेर आठौं विकेटको निम्ति ७६ रनको महत्त्वपूर्ण पार्टनरशीप गरे। जुरेल भारतको पहिलो ईनिंग्समा अन्तिम ब्याटरको रूपमा आउट भए। ईंग्ल्याण्डका बलरहरूमा शोएब बशीरले सर्वाधिक ५ विकेट लिए।

यसरी टम हार्टलीले ३ र जेम्स एण्डरसनले २ विकेट लिए।
त्यसपछि ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा शुरुवात नै निराशाजनक रह्यो अनि आर अश्विनले पाँचौं ओभरको लगातार बलमा बेन डकेट (१५) र ओली पोप (००)-लाई आउट गरी भारतलाई असल शुरुवात दिलाए। त्यसपछि ओपनर ज्याक क्राउलेलाई छोड़ेर अरू कसैले पनि भारतीय स्पिनरहरू समक्ष डटेर खेल्न सकेनन्। क्राउलेले ७ वटा चौकाको साथ ९१ बल खेलेर ६० रन बनाए। जनी बेयरस्टोले ३० र बेन फोक्सले १७ रनको योगदान दिए। भारतीय बलरहरूमा आर अश्विनले ५ र कुलदीप यादवले ४ विकेट लिए। एक विकेट रविन्द्र जडेजाको नाममा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement