बंगाल: खरसाङको वार्ड नम्बर १६ र १९ मा भागोप्रमोको मिशन जागरण सभा सम्पन्न

IMG-20240225-WA0202.jpg

खरसाङ: भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देश अनुसार भईरहेको मिशन जागरण कार्यक्रम अन्तर्गत खरसाङ टाउन कमिटीको तत्वधानमा धारावाहिक सभा अन्तर्गत पहिलो चरणको सभा आज सभा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १६ मा नारी शक्ति सभापति डिकु गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभा सञ्चालन पूर्व वार्ड पार्षदिका शिलु थापाले गरेका थिए। सभामा टाउन कमिटीको कार्यवाहक सचिव बिरबल पाखरीनले सभाको औचित्य विषयमा जानकारी दिएका थिए। सभालाई टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बल, महकुमा मूलसचिव प्रणाम रसाईली, देवकी प्रधान सुब्बा, अनु प्रधान छेत्री, बन्दन लामा, सुभाष प्रधान साथै ग्राम सुधार समिति सुबेदार बस्तीको सचिव महेश मंग्राती अादिले सम्बोधन गरेका थिए। अन्त्यमा सभाध्यक्षले सभालाई सम्बोधन गर्दै सभालाई बर्खास्त गरिएको थियो। त्यसरी नै दोस्रो चरणको सभा वार्ड नम्बर १९ मा सुभाष प्रधानको अध्यक्षता साथै सन्तोष पहरीको सञ्चालनमा सम्पन्न भयो। सभा खरसाङ महकुमा समिति चुनाव संयोजक बिन्नी शर्मा, महकुमा मूल सचिव प्रणाम रसाईली, टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बल, कार्यवाहक सचिव बिरबल पाखरीन, सह सचिव सञ्जय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य रमोद गुरुङ, सन्तोष पहरी अनि टाउन कमिटि नारी शक्ति संयोजिका देवकी प्रधान सुब्बा आदि उपस्थित थिए। सभामा पहिलो वक्ताका रूपमा बोल्दै बिरबल पाखरीनले यत्रो लामो १५ वर्षको अवधिसम्म बीजेपी सरकारले गोर्खा जातिलाई ढाँटको राजनीति गरेर लट्टाउने काम गरेको विषयमा प्रकाश पारेका थिए। सभामा देवकी प्रधान सुब्बाले जुन व्यक्तिले हामीलाई माया गर्छ, हाम्रो गाउँ ठाउँको सुविधा असुविधालाई विचार गरेर समस्याको समाधान गरिदिने अनित थापालाई सदैव माया, ईज्जत र साथ दिने आह्वान गरिन्। उनले सांसद र विधायकले बहुमतले भोट जितेर पनि आफ्नो ठाउँको विकासको केही कार्य नगरेको उजागर गरिन्। सम्भाषणको क्रममा बिन्नी शर्माले पार्टी अध्यक्ष खरसाङबाट नै भएको कारण खरसाङवासी राजनैतिक तौरमा भाग्यमानी रहेको बताए। उनले बीजेपीको पहिलो सांसद दार्जिलिङ संसदीयय क्षेत्रबाट जसवन्त सिंह भएको थियो तरै पनि बीजेपी सरकारले गोर्खाको योगदानलाई बुझेन भनी बताउँदै दोस्रोचोटी एसएस आलुवालिया अनि तेस्रो चोटी राजु विष्टलाई जिताएर पनि गोर्खा जातिको मूल्यांकन बीजेपी सरकारले नगरेको कारण अब कसैले पनि बीजेपी पार्टीलाई विश्वास नगर्ने आह्वान गरे। बिन्ना शर्माले बीजेपी सरकारको ढाँटको, छलको राजनीति गराई विषयमा जानकारी गराउन यो जन जागरण मिसन गरिएको बताए। उनले केन्द्र सरकारले रोकेर राखेको सय दिने कामको रकम बगाल सरकारले उपलब्ध गराई दिने जानकारी गराए। सभामा वार्ड नम्बर १९ भित्र रहेको विभिन्न गाउँ बाट नारी शक्ति प्रशाखा गठन गर्दै वार्ड कमिटी नारी शक्ति पनि गठन गर्दै प्रतिनिधिहरुलाई खदा लगाएर सम्मान जनाएर परिचय गराइयो। अन्त्यमा सभाध्यक्ष सुभाष प्रधानले उपस्थित समूहलाई राजनैतिक चेतना जगाउँदै अब बीजेपी सरकारको ढाँटको राजनीतिमा झुक्किनु नहुने साथै अनित थापाको पारदर्शी राजनीतिलाई अंगालेर साथ दिने आह्वान् गरे।

About Author

Advertisement