प्रधानमन्त्री मोदीले भोलि सिक्किमको पहिलो रेलवे स्टेशनको शिलान्यास गर्ने

PM-Modi-1-7

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले २६ फरवरीमा सिक्किमको पहिलो रेलवे स्टेशन रम्फू स्टेशनको आधारशिला राख्ने अलिपुरद्वारक उप रेलवे प्रबन्धकले बताएका छन्। प्रधानमन्त्रीले २६ फरवरीमा लगभग ५५० अमृत रेलवे स्टेशनहरूको शिलान्यास गर्ने भएका छन्l डीआरएम अमरजीत अग्रवालले भने, ‘रम्फू स्टेशन सिक्किम साथै भारतको लागि पर्यटन र रक्षात्मक दृष्टिकोणको रूपमा छl’ सिक्किममा यो पहिलो रेल स्टेशन हो। सरकारले यस  परियोजनाको लागि तीन चरणमा हस्ताक्षर गरेको छ। पहिलो चरणमा, सेभोकदेखि रम्फू रेल परियोजना, दोस्रो चरणमा रम्फूदेखि गान्तोकसम्म अनि तेस्रो चरणमा गान्तोकदेखि नाथुलासम्म। यो सिक्किमका मानिसहरूका लागि सम्पर्क साधनको लागि तेस्रो माध्यम होl अहिलेसम्म मानिसहरू सडक र हवाई मार्गबाट यात्रा गरिरहेका थिए। यस परियोजना २०२४ सम्म पूरा गर्नुपपर्ने थियो, तर बाढी, पैह्रो जस्तो कारणले पूरा हुने अवधि २०२५ सम्म बढाएको छl समाचारअनुसार, यस परियोजना पछि सेभोक स्टेशनलाई बढोत्तरी गरिरहेको बताइएको छl सेभोक-रम्फू परियोजना ४५ किलोमीटर लामो रेल परियोजना रहेको छ। ४५ किलोमीटरमा साढे तीन किलोमीटर सिक्किम राज्यको भाग छ अनि साढे एकचालीस किलोमीटर पश्चिम बंगालको भाग रहेको परियोजना निदेशक मोहिन्दर सिंहले बताएका छन्। परियोजना निदेशकले भने, ‘यस परियोजनामा १४ सुरुङ र १३ प्रमुख पुल अनि नौ वटा सानो पुल छ। परियोजनाको काम ६० देखि ६५ प्रतिशत पूरा भएको छ, आउँदो महिनादेखि ट्रयाकको काम शुरू गरिनेछl’

प्र

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement