छत्तीसगढ: कांकेरकाे भिडन्तमा तीन नक्सलवादी मारिए

terrorism-copy-1

काँकेर: छत्तीसगढमा नक्सलवादीलाई सखाप पार्न सुरक्षा बलले निरन्तर अभियान  चलाइरहेको छ। डीआरजी र सीमा सुरक्षा बलका टोलीहरू नक्सलवादीहरू विरुद्ध खोजी अभियानमा थिए। संचारमाध्यमको समाचारअनुसार, यस क्रममा कांकेर जिल्लाको कोयालिबेरा क्षेत्रको एक जङ्गलमा सुरक्षाकर्मीले नक्सलवादीसँग सामना गरेका थिए। सुरक्षा बललाई देखेर नक्सलवादीहरूले पुलिस बलमाथि गोली चलाउन थालेपछि जवाफी फायरिङमा पुलिस जवानहरूले नक्सलवादीहरूलाई पराजित गरे। भिडन्तको क्रममा सुरक्षा बलहरूको कारबाहीमा तीन नक्सलवादी मारिएकोl त्यसपछि अन्य नक्सलवादीहरु भागे। यसपछि पनि डीआरजी र बीएसएफको टोलीले जंगलमा खोजी अभियान जारी राखेका छन्। कांकेर एसपी इन्दिरा कल्याण अलसेलाले घटनास्थलबाट तीन नक्सलवादीको शव भेटिएको बताए। साथै दुई वटा  हतियार पनि बरामद भएको छ। अहिले जंगलमा खोजी कार्य जारी छ। सैनिकहरूले कोयालीबेराको दक्षिणी क्षेत्रमा नक्सलवादीहरूको उपस्थितिको सूचना पाएका थिए। त्यसपछि डीआरजी र सीमा सुरक्षा बलको टोली संयुक्त रुपमा खोजी अभियानमा निस्कियो। अभियानकै क्रममा नक्सलवादीहरूले सैनिकमाथि आक्रमण गरेका थिए। तर सुरक्षा बलहरूले समयमै उनीहरूलाई उचित जवाफ दिए। यस भिडन्तमा सुरक्षा बलहरूलाई कुनै क्षति भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement