बंगाल: जनजातिको मांगमा अखिल भारतीय गुरुङ तमु बौध्द संगठनद्वारा खरसाङमा शान्ति रैली

IMG-20240225-WA0198.jpg

खरसाङ: जनजातिको मांगमा अखिल भारतीय गुरुङ (तमु) बौध्द संगठनको आयोजनामा आज खरसाङमा शान्ति रैलीको आयोजना गरिएको छ। अखिल भारतीय गुरुङ (तमु) बौध्द संगठन खरसाङ महकुमा समितिको आयोजनामा सम्पन्न उक्त शान्ति रैली आईएनए बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजार हुँदै मोटर स्ट्याण्डसम्म पुगेर समाप्त भएको छ। उक्त रैली मोटर स्ट्याण्डमा आएर धन्यवाद ज्ञापनपछि समाप्त भएको छ। जनजातिको मांग गर्दै आयोजना गरिएको रैलीमा अखिल भारतीय गुरुङ (तमु) बौध्द संगठनको केन्द्रीय समितिको अध्यक्ष आनन्द तमु साथै अन्य पदाधिकारीहरू लगायत खरसाङ, सिलगढी, दार्जीलिङ क्षेत्रका गुरुङ तमु बौध्द संगठनका पदाधितारीहरू र प्रतिनिधिहरू उपस्थित रहेका थिए।

उक्त रैलीपछि पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय गुरुङ (तमु) बौध्द संगठन खरसाङ महकुमा समितिको सभापति केबी गुरुङले भारत सरकार समक्ष जनजातिको मांग गर्दै आज खरसाङमा शान्ति रैलीको आयोजना गरिएको जानकारी गराएका छन्। उनले गुरुङ तमुहरू सन् १९५६ सम्म जनजाति रहेको तर बीचमा नभएकोले अब पुन: हामीलाई जनजातिको मान्यता दिनुपर्छ भनी भारत सरकारलाई मांग गर्दै रैलीको आयोजना गरिएको बताएका छन्। जनजातिको मांगसितै संगठनलाई दह्रिलो बनाउन लाने योजनाको साथमा साथै भावी योजनाहरूको लागि यो रैली आयोजना गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement