प्रधानमन्त्री मोदीले गरे सुदर्शन सेतुको उद्घाटन

GHKEMbKaEAEd_Aq

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज (२५ फरवरी) लगभग ९८० करोड रुपियाँको लागतमा निर्मित ओखा मुख्य भूमि र बेट द्वारका टापु जोड्ने सुदर्शन सेतुको उद्घाटन गरे। करिब दुई दशमलव ३२ किलोमिटर लामो यो पुल देशकै सबैभन्दा लामो केबल आधारित पुल हो। प्रधानमन्त्रीले ट्वीटरमा लेखेका छन्: ‘ओखाको मुख्य भूमि र बेट द्वारका टापु जोड्ने सुदर्शन सेतु करिब ९८० करोडको लागतमा निर्माण भएको हो। करिब २ दशमलव ३२ किलोमिटर लामो यो पुल देशकै सबैभन्दा लामो केबल आधारित पुल हो। अद्भुत सुदर्शन सेतु!’

सुदर्शन सेतु एक अद्वितीय डिजाइन गरिएको पुल हो, जसको दुवै छेउमा भगवद् गीताका श्लोकहरू र भगवान कृष्णको छविहरूले सजाइएको फुटपाथ छ। यस पुलको फुटपाथको माथिल्लो भागमा सोलर प्यानल पनि राखिएको छ, जसले एक मेगावाट विद्युत उत्पादन गर्छ। यो पुलले ढुवानीमा सहजता ल्याउनुका साथै द्वारका र बेट-द्वारका बीचको यात्रामा जाने भक्तजनको यात्राको समय पनि घटाउनेछ। यो पुल निर्माण हुनुअघि तीर्थयात्रीहरू बेत द्वारका पुग्न डुङ्गाको भर पर्नुपर्थ्यो। यो प्रतिष्ठित पुल देवभूमि द्वारका घुम्न आउने पर्यटकका लागि पनि प्रमुख आकर्षण बन्नेछ। यस अवसरमा प्रधानमन्त्रीसँग गुजरातका राज्यपाल आचार्य देवव्रत, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र सांसद सीआर पाटिल पनि उपस्थित थिए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *