परिश्रमको परिणाम

Untitled-1-copy-43

परिश्रमीलाई मातापिता गुरुजनको वचन तीर्थ,

उपदेश नै स्वादिष्ट प्रसाद लाग्छ बहुमूल्य अर्थ।

शाररिक, मानसिक, विकामार्गी विशाल ओत

साहस, सहनशीलता, आत्मिक शक्तिको स्रोत।

परिश्रम उन्नतितर्फ ताला खोलिने मूल चाबी

परिश्रम नगरी कसरी गर्ने उन्नतिको दाबी।

विद्यासागर अथक परिश्रमी आदर्श उदाहरण,

प्रशंसनीय पात्र प्रात:स्मरणीय उनको बन्दन।

घर, समाज, स्वदेश उन्नतिको कामनाधारी

यशस्वी बनी, योग्यताअनुसार परिश्रम गरी।

परिश्रमीको प्रत्येक परिक्षामा प्रिय परिणाम

स्वर्णाक्षरमा लेख्छ इतिहासले उसको नाम।

परिश्रमीलाई सुख, शान्ति परमानन्दको भोक

परिश्रम नगरे दुःख, अशान्ति दुर्गतिले रोग।

परिश्रमीको परिश्रममा ईश्वरको उपस्थिति

रोपनीमा निर्भर आफ्नो कर्मको खेती।

आलस्य अपनाएर बने अल्छे दासदासिनी

साकार हुन्न सपना बन्ने सुखी राजारानी।

आलस्यले अशान्त, रोगग्रस्त, शोकग्रस्त पार्छ,

घृणापात्र,  अपशब्द, अवहेलनाको भागी बन्छ।

छेक्दैन बाटो बिघ्नबाधाले साहसी निर्भिकको,

स्वावलम्बी, आत्मविश्वासी उत्कृष्ट चरित्रवानको।

परिश्रम नगरी संघर्षसँग हार माने हुन्छ हार!

परिश्रमी संघर्षशील भए हुन्छ जीत जयजयकार!!!!

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *