टी२० सीरीज क्लीन स्वीप गर्न सफल अष्ट्रेलिया

IMG-20240225-WA0181.jpg

अकल्याण्ड: अष्ट्रेलियाले वर्षाले प्रभावित तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा न्यूजील्याण्डलाई डकवर्थ-लुईस नियमहरू अनुसार २७ रनले पराजित गरी तीनवटा म्याचको सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। न्यूजील्याण्डका कप्तान मिचेल सेण्टनरले आफ्नो १००औं टी२० इण्टरनेशनल म्याचमा वर्षाको सम्भावनालाई ध्यानमा राखेर टस जितेर अष्ट्रेलियालाई पहिला ब्याटिंग गर्न पठाए। अष्ट्रेलियाको ईनिंग्समा वर्षाले तीनपल्ट वाधा पुऱ्यायो। अन्तमा १०.४ ओभरपछि स्कोर ४ विकेटमा ११८ रन हुँदा अष्ट्रेलियाको ईनिंग्स समाप्त गरियो। त्यसपछि न्यूजील्याण्डलाई डकवर्थ-लुईस नियमहरू अनुसार १० ओभरमा जीतको निम्ति १२६ रन बनाउने लक्ष्य हासिल भयो। लक्ष्य हासिल गर्न सकिने लागिरहेको भए पनि न्यूजील्याण्डको टीम ईडन पार्कमा तीन दिनमा दोस्रोपल्ट लक्ष्यलाई हासिल गर्न असफल भयो। न्यूजील्याण्डले अन्तमा १० ओभरमा ३ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। ग्लेन फिलिप्सले ५ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा अविजित ४० रन बनाए। यसबाहेक मार्क चापम्यानले अविजित १७, विल यंगले १४ र फिन एलनले १३ रन बनाए। अष्ट्रेलियाका बलरहरूमा म्याथ्यू शर्ट, स्पेन्सर जनसन र एडम जाम्पाले १-१ विकेट लिए। यसअघि अष्ट्रेलियाको ईनिंग्समा ट्रेविस हेडले सर्वाधिक ३३ रन बनाए। यस ओपनिंग ब्याटरले ३० बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक म्याथ्यू शर्टले २७ र ग्लेन म्याक्सवेलले २० रनको योगदान दिए। अष्ट्रेलियाका म्याथ्यू शर्टलाई प्लेयर अव् द म्याच अनि मिचेल मार्शलाई प्लेयर अव् द सीरीज चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement