स्पेनिश ला लीगाको दोस्रो स्थानमा पुग्यो बार्सिलोना

IMG-20240225-WA0176.jpg

बार्सिलोना: स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन एफसी बार्सिलोना दोस्रो स्थानमा पुग्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले गेटाफेलाई ४-०-ले पिट्यो। आफ्नो होम ग्राउण्डमा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट राफिन्हाले २०औं, जोआओ फेलिक्सले ५३औं, फ्रेंकी डी जोंगले ६१औं र फर्मिन लोपेजले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। यस जीतपछि बार्सिलोनाले गिरोनालाई पछि छोड़ेर ला लीगा पोइण्ट्स टेबलमा दोस्रो स्थान हासिल गऱ्यो। गत सीजनको च्याम्पियन टीमसँग अहिले २६ वटा म्याचा ५७ पोइण्ट्स रहेको छ। यसरी गेटाफे ३४ पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ।

एट्लेटिको म्याड्रिडलाई चाहिँ अल्मेरियाले २-२-को ड्र-मा रोक्यो। यस अवे म्याचमा एट्लेटिकोको टीम दुईपल्ट बढ़तमा रहेको थियो तर होम टीमले पनि दुवैपल्ट गोल सुलायो। एट्लेटिको म्याड्रिडबाट म्याचमा एञ्जेल कोरेआले दोस्रो र रोड्रिगो डी पलले ५७औं मिनटमा गोल गरे। यसरी २० वटा टीमको पोइण्ट्स टेबलको फेदमा रहने अल्मेरियाबाट दुवै गोल लुका रोमेरोले छिराए। उनले २७औं र ६४औं मिनटमा गोल गरे। यस ड्र पछि एट्लेटिको म्याड्रिड २६ वटा म्याचमा ५२ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। ला लीगाको अन्य एउटा म्याचमा भिल्लारियलले रियल सोसिएदादलाई ३-१-ले पराजित गऱ्यो।

About Author

Advertisement