अञ्जु तामाङ र सौम्याकी गोलले भारतीय टीमको लगातार दोस्रो जीत

photocollage_202422511242439.jpg

अलान्या (तुर्की): भारतीय महिला फूटबल टीमले उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै शनिवार तुर्की महिला कपको म्याचमा हंगकंगलाई २-०-ले पराजित गऱ्यो। यस महिला फूटबल टुर्नामेण्टमा यो भारतको लगातार दोस्रो जीत हो। चाओबा देवीकी प्रशिक्षणमा रहने टीमले यसअघि आफ्नो पहिलो म्याचमा एस्टोनिया विरुद्ध ४-३-ले जीत हासिल गरेको थियो। यसपाली हंगकंग विरुद्ध जीतको साथै भारतीय महिला फूटबल टीमले दक्षिण एशियाई क्षेत्र बाहिर आफ्नो पहिलो इण्टरनेशनल खिताब जित्ने दिशामा कदम बढ़ायो। गोल्ड सिटी कम्प्लेक्समा खेलिएको म्याचमा अञ्जु तामाङले १९औं अनि सौम्या गुगुलोथले ८०औं मिनटमा गोल गरिन्। टुर्नामेण्टमा भारत, एस्टोनिया र हंगकंग बाहेक कोसोवाको टीमले पनि हिस्सा लिएको छ। भारतको अघिल्लो म्याच २७ फरवरीमा कोसोवा विरुद्ध रहेको छ। चारवटा टीमबीच राउण्ड रोबिन आधारमा खेलिने म्याचहरू पछि शीर्षमा रहने टीम च्याम्पियन बन्नेछ। भारतले यसअघि २०१९ र २०२१-मा पनि यस टुर्नामेण्टमा हिस्सा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement