राँची: निरन्तर रन बनाइरहेका भारतका ओपनिंग ब्याटर यशस्वी जयसवाल ईंग्ल्याण्ड विरुद्ध जारी चौथो टेस्ट म्याचको दोस्रो दिन एउटा टेस्ट सीरीजमा ६०० या त्यसभन्दा अधिक रन बनाउने पाँचौं भारतीय खेलाड़ी बने। गत वर्ष वेष्ट इण्डिज यात्रामा पदार्पण गर्ने देब्रे हातका ब्याटर यशस्वीले पाँचवटा टेस्ट म्याचको सीरीजमा आफ्नो सातौं ईनिंग्सको अवधि शनिवार अन्तिम सत्रको खेलमा विपक्षी स्पिनर शोएब बशीरको बलिंगमा एक रन लिएर अविजित ५५ रन पूरा गर्नको साथै यस उपलब्धिलाई हासिल गरे। यशस्वीले जारी सीरीजको दोस्रो र तेस्रो टेस्टमा दोहोरो शतक बनाएका थिए। यसरी २२ वर्षीय खेलाडीले एउटा टेस्ट सीरीजमा ६०० या त्यसभन्दा अधिक रन बनाउने भारतका महान खेलाड़ी सुनिल गावस्कर, विराट कोहली, राहुल द्रविड़ र दिलीप सरदेसाईको विशेष क्लबमा नाम लेखाए। पूर्व कप्तान गावस्कर, कोहली र द्रविड़ले त आफ्नो करियरमा एउटा टेस्ट सीरीजमा २- २ पल्ट ६०० भन्दा अधिक रन बनाएका थिए। भारतको निम्ति एउटा टेस्ट सीरीजमा सर्वाधिक ७७४ रन बनाउने रेकर्ड गावस्करको नाममा रहेको छ, जसले वेष्ट इण्डिज विरुद्ध १९७१-मा यस उपलब्धिलाई हासिल गरेका थिए।