चोटले गर्दा वार्नर तेस्रो टी२०-मा नखेल्ने

IMG-20240224-WA0163.jpg

अकल्याण्ड: अष्ट्रेलियाका अनुभवी ओपनिंग ब्याटर डेविड वार्नर चोटले गर्दा न्यूजील्याण्ड विरुद्ध सीरीजको तेस्रो तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचबाट बाहिर भएका छन् तर आउँदो महिना शुरु हुने आईपीएलसम्म चाहिँ उनी फिट हुने सम्भावना छ। गत महिना टेस्ट र वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने यस ३७ वर्षीय खेलाड़ीलाई पूर्ण फिटनेस हासिल गर्न ७-देखि १० दिन समय लाग्नेछ। क्रिकेट अष्ट्रेलियाद्वारा जारी बयानमा भनिएको छ, वार्नर फिट हुन केही समय लाग्नेछ तर यसले आईसीसी पुरुष टी२० वर्ल्ड कपअघि खेलिने इण्डियन प्रीमियर लीगमा उनको उपलब्धता प्रभावित हुनेछैन। अष्ट्रेलियाको रोटेशन नीतिले गर्दा वार्नरले न्यूजील्याण्ड विरुद्ध दोस्रो टी२० म्याचमा हिस्सा लिएका थिएनन्। उनले यस साल जूनमा हुने टी२० वर्ल्ड कपपछि खेलको सबैभन्दा छोटो प्रारूपबाट पनि सन्न्यास लिनेछन्। उल्लेखनीय छ, रिषभ पन्त सड़क दुर्घटनामा परेपछि वार्नरले गत वर्ष आईपीएलमा दिल्ली क्यापिटल्स टीमको कप्तानी गरेका थिए। त्यस समय उनले टीमको निम्ति सर्वाधिक ५१६ रन बनाएका थिए। वार्नर यस साल पनि आफ्नो फ्रेञ्चाइजीको निम्ति प्रमुख ब्याटर हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement