सिक्किम: अस्थायी कर्मचारीहरूलाई निष्कासित गर्ने निर्णय झट्टै वापस लिइयोस्ः सीएपी

IMG-20240224-WA0171.jpg

गान्तोक: राज्य सरकारले हालै धेरैजना अस्थायी कर्मचारीहरूलाई कामबाट निष्कासित गरेको छ भन्दै सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम घोर आपत्ती जनाएको छ। यसका साथै सीएपीले झट्टै त्यस्तो निर्णयलाई वापस लिइयोस् भनी माग पनि गरेको छ। सीएपी प्रवक्ताद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, यस्तो कदमले अस्थायी कर्मचारीहरूमाथि एसकेएम पार्टीको सरकारको दृष्टिकोण स्पष्ट भएको छ। सरकारको यो कदममा राजनीतिक सङ्कीर्णता भएको पुष्टी हुन्छ। यदि राजनीतिक सङ्कीर्णता होइन भने ती निष्कासित कर्मचारीहरूले संविधान अथवा अरू विधिवत् नियमको उल्लङ्घन गरेका छन् भने त्यही अनुसार कार्यवाही भएको पुष्टी गरियोस्। ती कर्मचारीहरूमाथिको कार्यवाही स्थापित विधि अनुसार भएको हुनुपर्छ अथवा जुन आरोपमा त्यस्तो कार्यवाही भएको छ त्यो स्पष्ट हुनुपर्छ।

एकातिरबाट चुनाउको मुखमा आएर सयौं अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने लोभ देखाइराखिएको छ भने अर्कोतिर सयौंलाई धमाधम निष्कासनको काम पनि गरिरहेको सीएपीले आरोप लगाएको छ। अर्कोतिर, सीएपी सिक्किमले आफ्नो सरकार गठन हुनसाथै अवैध रूपमा निष्कासित ती कर्मचारीहरूलाई स्थायी बनाउनेसँगै काममा वापस बोलाउने घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement