गान्तोक: रियाज संगीतालयले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम आज भव्यताको साथमा आयोजन गऱ्यो। आपदा प्रबन्धन विभागको संयुक्त तत्वावधानमा आयोजित यो सांगीतिक कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने उनकी धर्मपत्नी कृष्ण राईको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थिति दिँदै मुख्यमन्त्री तामाङले रियाज संगीतालयमा संगीतको तालिम ग्रहण गरिरहेका बालक-बालिकाहरूको उत्कृष्ट प्रस्तुतीको आन्नद लिए। आफ्नो स्थापनाको १२ वर्ष पूरा गरिसक्दा रियाज संगीतालयले संगीतको क्षेत्रमा धेरै योगदान दिएर आइरहेको छ। यसैलाई ध्यानमा राखेर रियाज एचिभर्सहरूलाई आजको कार्यक्रममा सम्मान जनाइयो।
कार्यक्रममा आपदा प्रबन्धन विभागका अतिरिक्त निर्देशक केसाङ डोमा भोटियाले आपदाको समयमा अप्नाउनुपर्ने विभिन्न सतर्कता अनि अन्य दिशानिर्देशनहरूबारे पावर पोइन्ट प्रेजेन्टेशनको माध्यमद्वारा प्रस्तुत गरिन्। आपदा जतिबेला पनि आउनसक्छ यसैले तयार बस्नु नै यसको सबैभन्दा सुरक्षित उपाय रहेको उनले बताइन्।