अयोध्या: नवनिर्मित श्रीराम मन्दिरमा २२ जनवरीको दिन प्राणप्रतिष्ठा भएको एक महिनामा २५ किलो सुन र चाँदीका गहनासहित करिब २५ करोड रुपियाँ चडाइएको छ। संचारमाध्यमको समाचारअनुसार, २५ करोड रुपियाँमा मन्दिर ट्रष्टको कार्यालयमा जम्मा गरिएका चेक, ड्राफ्ट र नगदका साथै दानपात्रमा जम्मा गरिएको रकम रहेको श्रीराम मन्दिर कोषका कार्यालयका प्रभारी प्रकाश गुप्ताले बताए। उनले भने, ‘यद्यपि ट्रष्टको ब्यांक खातामा अनलाइनमार्फत पठाएको रकमको जानकारी हामीसँग छैन। २३ जनवरीदेखि करिब ६० लाख भक्तजनले दर्शन गरेका छन्l’ उनले भने, ‘रामभक्तहरूको भक्ति यस्तो छ, उनीहरूले श्रीरामका लागि चाँदी र सुनका वस्तुहरू दान गरिरहेका छन्, जुन श्रीराम जन्मभूमि मन्दिरमा प्रयोग गर्न पाइँदैन। यसका बाबजुद पनि भक्तजनको श्रद्धालाई ध्यानमा राख्दै राम मन्दिर ट्रष्टले चडाइएका चदाइएक सुन चाँदीका वस्तु, गरगहना, भाँडाकुँडा र रुपियाँ स्वीकार गर्दै आएको छl’ मन्दिर ट्रस्टले रामनवमी पर्वमा चन्दामा वृद्धि हुने अपेक्षा गरेको छ किनभने त्यस समयमा करिब ५० लाख भक्तजनहरू अयोध्या आउने सम्भावना छ। गुप्ताका अनुसार, रामनवमीका अवसरमा चडाइएका ठूलो मात्रामा नगद प्राप्त हुने अपेक्षा गरिएको छ, जसलाई मध्यनजर गर्दै स्टेट ब्यांक अफ इण्डियाले श्रीराम जन्मभूमिमा चारवटा स्वचालित काउन्टिङ मेसिन जडान गरेको छ।