रोरिङ लियोपार्ड एफसी ड्रेगन एफसीसँग पराजित

IMG-20240224-WA0170.jpg

गान्तोक: फुटबल डेभलोपमेन्ट प्राइभेट लिमिटेडको तत्वावधानमा आयोजना भइरहेको सिक्किम प्रिमियर लिग दोस्रो सिजनको लिग चरणका खेलहरू गन्तोकको पाल्जर स्टेडियम र नाम्चीस्थित भाइचुङ स्टेडियममा सम्पन्न भइरहेका छन्। आज पाल्जर स्टेडियममा सिक्किम ड्रेगन फुटबल क्लब बनाम रोरिङ लियोपार्ड फुटबल क्लबको बीचमा खेल सम्पन्न भयो।

यसको खेलको पहिलो हाफमा ड्रेगन एफसीको तर्फबाट बोरिस कोनाले पहिलो गोल गरेका थिए। दोस्रो हाफको खेलमा पनि ड्रेगनकै खेलाडीहरुको दबदबा कायम रह्यो, फलस्वरुप खेलाडी जेकब साथै छितेन भोटियाले थप एक-एक गोल गरेर आफ्नो दलको जीत सुनिश्चित गरे।

यसरी आजको खेलमा शून्यकोविरुद्ध ३ गोलले सिक्किम ड्रेगन फुटबल क्लब विजय बन्न सफल बन्यो। यस खेलमा समाजसेवी प्रविण अग्रवाल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी, सिक्किम बक्सिङ एसोसिएसनका अध्यक्ष जसलाल प्रधान, सिक्किम कराते एसोसिएसनका महासचिव बीबी सुब्बा विशिष्ट अतिथिकोरुपमा उपस्थित रहेका थिए।

आज सम्पन्न भएको खेलमा रोरिङ लियोपार्ड फुटबल क्लबका खेलाडी छिरिङ लेप्चालाई सिक्किम सुप्रीम इमर्जिङ खेलाडीको पुरस्कार प्रदान गरियो भने सिक्किम ड्रेगन एफसीका खेलाडी ताओलाई म्यान अफ द म्याचकोरुपमा घोषित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement