केरला: केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले भनेकी छिन्, ‘हामी मन्कीपक्सको शङ्कास्पद २२ वर्षीय पुरुषको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान गर्नेछौंl’ युवकलाई अरु कुनै गम्भीर रोग थिएन। शनिबार बिहान गुरुवायुरमा युवकको मृत्यु भएको बताइएको छ। उनलाई मन्कीपक्सको संदिग्ध मानिन्छ। युवाको नमूना अलाप्पुझास्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी युनिटमा परीक्षणका लागि पठाइएको छ। उनी केही दिनअघि दुबईबाट फर्किएका थिए। उनीसँग मन्कीपक्ससँग सम्बन्धित कुनै बाहिरी लक्षणहरू थिएनन्। उनलाई २७ जुलाईमा शहरको एक अस्पतालमा भर्ना गरिएको थियो।










