गान्तोक: एसकेएम पार्टीले शुरू गरेको समष्ठीस्तरीय सांगठनिक एवम जनसभा आज आरिथाङ निर्वाचन क्षेत्रमा सम्पन्न भयो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा शिक्षा विभागका मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिहरूमा क्षेत्र विधायक अरूण उप्रेती, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकव खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आरिथाङ समष्ठी एसकेएम पार्टीको निम्ति गान्तोक निर्वाचन क्षेत्र जस्तै गढ रहेको बताए। एसकेएम पार्टीलाई यस निर्वाचन क्षेत्रका जनताले दुई पल्ट विधायक बनाएर धेरै गुण लगाएको अवगत गराए। आरिथाङका जनताले विभिन्न प्रकारको समस्या झेल्नु परेता पनि यहाँका जनता डगमगाएनन्, जसको कारण दुई पल्ट सिक्किम पार्टीले विधायक पाएको जानकारी गराए। वर्तमान सरकारले राज्यमा बसोबासो गर्ने सबैवर्गलाई सम्मान दिएको किटान गरे। पाँच वर्षको एसकेएम पार्टीको सरकारमा धर्म, जातको आधारमा कोही पनि नठगिएको जानकारी गराए। पूर्व सरकारले पच्च्सीस वर्षको शासनकालमा राज्यका कुनै पनि अस्पतालमा अक्सीजन थिएन, तर एसकेएम पार्टी सरकारमा आउनसाथ राज्यको सबै अस्पतालमा अक्सीजन प्लान्ट ज़डान गरेको दावी गरे। स्वास्थ्य विभागलाई पूर्व सरकारले व्यापार बनाएको जानकारी गराए। यसपालीको चुनाउमा एसकेएम सरकारले काम गरेको रिपोर्ट कार्ड वितरण गरेर भोट माग्ने अवगत गराए। यो पालीको चुनाउमा एसकेएम पार्टीले ३२-३२ सीट जितेर सरकार गठन गर्ने खालिङले दावी गरे। राजनीतिमा आएपछि व्यक्ति स्वार्थ् मात्र हेरेर नहुने र जनताको हितमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनु पर्ने सुझाउ दिए। उनले कसैको नाम नलिइ आशिष राईलाई संकेत गर्दै जुन घर तोडफोड गरे तर त्यही गएर पूनः अहिले गाली गरेको बताए। वर्ष २०१९ मा एसडीएफ पार्टी कार्यालय तोडफोड गरेर छुट्टीएका राईले एसडीएफ पार्टीमा कहिले फर्किन्दिन भन्दै थुकेका थिए तर अहिले आफूले थुकेको थुक हजार पल्ट चाटछु भन्दै भाषण गरिरहेको अवगत गराए। आगामी चुनाउमा घर भत्काउने र भत्काइ माग्ने घरविहिन हुने किटान गरे। चुनाउमा टिकट नपाएपछि पार्टी कार्यालय तोडफोड गर्ने यो कुन प्रकारको राजनीतिक हो भन्दै उनले प्रश्न गरे।एसकेएम पार्टीमा आउने मन बनाएर पनि टिकट नपाउने भएपछि पूनः फर्किएर गएको बताए। आफ्नो शिर ठाडो राख्न नसक्नेले आरिथाङ निर्वाचन क्षेत्रका जनताको कसरी शिर ठाडो गर्न सक्छ भन्दै खालिङले प्रश्न तेर्साए। आऱिथाङ निर्वाचनमा शपिङ मल निर्माण गर्दा आरिथाङका जनताले पानी नपाएको प्रश्नको उत्तर दिँदै राई पार्षद हुँदा के सबैको घऱमा पानी पुग्यो भन्दै उनले प्रश्न गरे। चामलिङले यदि साँच्चै आशिष राईलाई माया गर्छ भन्ने शिर उठाउनु पर्ने माग गरे। खरानी भइसकेको पार्टीमा आशिष राई फर्केको र अब उनी पनि खरानीको एक ढिका बन्ने सम्भावना व्यक्त गरे।