गान्तोक: राज्यका मुख्य चुनाउ अधिकारी डी. आन्नदनले आज आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ तयारीको जायजा लिने उद्देश्यले नाम्ची जिल्लाको भ्रमण गरे।
भ्रमणको क्रममा मुख्य चुनाउ अधिकारीसँग नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आले, पुलिस अधइक्षक गोपाल कुमार छेत्री लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
यस अवसरमा विशेष गरेर टोलीले नाम्ची सरकारी महाविद्यालयको स्ट्रङ रूममा राखिएको इभीएमको सुरक्षा, जनशक्ति लगायत सम्वन्धित विषयबारे जानकारी गराए। भारती निर्वाचन आयोगको दिशा निर्देश बमोजिम स्ट्रङ रूममा हुनु पर्ने सुरक्षाका विषयबारे पनि सबैलाई अवगत गराए।उनले आगामी चुनाउलाई स्वतन्त्र र निष्पक्ष ढङ्गमा सम्पन्न गराउनको निम्ति भारतीय चुनाउ आयोगको दिशा निर्देशलाई कडारूपमा पालन गर्नुपर्ने लगायत अन्य सुझाउहरू पनि दिए।