सिक्किम: जनता भरोसा सम्मेलन तयारीलाई लिएर जिल्लापाल आलेले गरिन् निरीक्षण

IMG-20240224-WA0166.jpg

गान्तोक: आगामी दिनमा नाम्चीमा सम्पन्न हुने जनता भरोसा सम्मेलन तयारीलाई लिएर नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेले आज किताम उच्चत्तर माध्यमिक विद्यालयको खेल मैदानको निरीक्षण गरिन्।

निरीक्षणको क्रममा जिल्लापाल आलेसँग खण्ड विकास अधिकारी दिलीप दोङ, एएसपी कर्मा सी. भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।

आगामी २७ फरवरीको दिन नाम्चीको किताम विद्यालयको खेल मैदानमा सम्पन्न हुने जनता भरोसा सम्मेलनबारे जिल्लापाल स्वम्ले कार्यक्रम स्थलको निरीक्षण गर्दै लाइन विभागका अधिकारीहरूको जिम्मेवारी र दायित्वबारे जानकारी गराइन्। सो कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वम् उपस्थित हुने भएकाले कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबैले इमान्दारपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनले आग्रह गरिन्।

उक्त कार्यक्रममा व्यापकरूपमा जनताको सहभागिता रहने भएकोले बस्ने व्यवस्था, सजावट, खानेपानी व्यवस्था, सरसफाइ सुविधा, विद्युत आपूर्ति, ट्राफिक, सुरक्षा र सुरक्षा व्यवस्थापनलगायतका विभिन्न तयारीका उपाय र आवश्यक उपकरण समयमै राख्नु पर्ने सुनिश्चित गरिन्। यसका साथै उनले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन केही सुझाउहरू पनि दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement