सिक्किम: आरिथाङका जनताले अरूण उप्रेतीको हात मजबुत बनाउनु पर्छः मन्त्री लेप्चा

IMG-20240224-WA0164.jpg

गान्तोक: एसकेएम पार्टीले शुरू गरेको समष्ठीस्तरीय सांगठनिक एवम जनसभा आज आरिथाङ निर्वाचन क्षेत्रमा सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा शिक्षा मन्त्री केएन लेप्चा रहेका थिए भने विशिष्ट अतिथिहरूमा क्षेत्र विधायक एवम सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।           कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री केएन लेप्चा आरिथाङका जनता मिलेर विधायक अरूण उप्रेतीको हात मजबुत बनाउनु पर्ने आरिथाङका जनतालाई आग्रह गरे। एसडीएफ पार्टीमा प्रजातन्त्र थिएन र विधानसभामा अध्यक्षले सबैलाई न्याय दिनु पर्ने हुन्छ। तर केएन राई सिक्किम विधानसभाको अध्यक्षता भएको समयमा विपक्षी दललाई बोल्न नदिएको आरोप लगाए। सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै विधायक अरूण उप्रेतीले आरिथाङ निर्वाचन क्षेत्रमा गरिएको विकासका कार्यहरूबारे विस्तृतरूपमा अवगत गराए। पूर्व सरकारले लाल बजारका व्यापारीहरूको समस्या समाधान गर्न सकेको थिएन, तर आफू विधायक बनेपछि त्यहाँको समस्या समाधान गरेको जानकारी गराए। धेरै वर्षदेखि आरिथाङको सडक सोचनीय अवस्थामा रहेको थियो तर एसकेएम पार्टी सरकारमा आउनसाथ गुणस्तरीय सडक निर्माण गरेको जानकारी गराए। शपिङ मल बनाउँदा विपक्षी दलले बम राखेको जस्तो गरेर आरिथाङवासीलाई दीगभ्रमित तुल्याउने कोशिष नगर्नुपर्ने सुझाउ दिए।विकास विरोधीहरूले विभिन्न प्रकारको आरोप लगाउने गरेको र यसको पछि आरिथाङका जनता पछि नलाग्ने अपील गरे। आरिथाङका जनताको निम्ति २० करोड ५६ लाखको लागतमा पानीको ट्याङ्की बनाउने प्रक्रिया शुरू भइसकेको अवगत गराए। उक्त परियोजना पूरा भएपछि आरिथाङवासीको पानीको समस्या सँधैको लागि समाप्त हुने उप्रेतीले किटान गरे। यसरी नै बत्तीको लागि पनि काम भइरहेको र यसको निम्ति काम शुरू भइसकेको जानकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै नारीशक्तिकी संयोजिका मिना घिसिङले वर्तमान सरकारले कसैमाथि भेदभाव नराखेको र कसैलाई पनि भिक्टिमाइज नगरेको दावी गरिन्।                                                                २५ वर्षसम्म एसडीएफ सरकारले वेरोजगार युवाहरूको निम्ति केही नगरेको आरोप लगाइन्। तर एसकेएम पार्टीको सरकार गठन हुनसाथ नारीहरूले सम्मान पाएको बताइन्। विशेष गरेर नारीहरूलाई सम्मान गर्दै मुख्यमन्त्रीले वातस्लय योयजना शुरू गरेर नारीहरूको दुःख र मर्मलाई समाधान गर्न सफल भएको अवगत गराइन्। एसकेएम पार्टीको सरकारले आरिथाङको सडक मार्गमा सुधार ल्याएको छ। यस भन्दा अघि आरिथाङका चालकहरू यो सडक भएर वाहन कुदाउन मान्दैनन थिए, तर अहिले सबै चालकहरू खुशी भएको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement