चौथो टेस्टमा ईंग्ल्याण्डको पल्ला भारी

IMG-20240224-WA0154.jpg

राँची: फर्ममा फर्किने अनुभवी ब्याटर जो रुट (अविजित १२२) को शतक अनि स्पिनर शोएब बशीरको उत्कृष्ट बलिंगको सहायताले ईंग्ल्याण्डले भारत विरुद्ध जारी चौथो टेस्ट म्याचलाई आफ्नो नियन्त्रणमा ल्यायो। ईंग्ल्याण्डको पहिलो ईनिंग्स आज ३५३ रनमा समाप्त भयो। त्यसपछि भारतले शनिवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ७ विकेटमा २१९ रन बनायो। खेल समाप्त हुँदासम्म विकेटकीपर ध्रुव जुरेल ३० र कुलदीप यादव १७ रनमा अविजित थिए। यसरी भारत अहिले पहिलो ईनिंग्सको आधारमा १३४ रन पछि रहेको छ। भारतको पहिलो ईनिंग्समा ओपनर यशस्वी जयसवालले सर्वाधिक ७३ रन बनाए। उनले ११७ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। ईंग्ल्याण्डका बलरहरूमा बशीरले सर्वाधिक ४ विकेट लिए। उनका साथी स्पिनर टम हार्टलीले २ वटा सफलता हासिल गरे।

पहिलो ईनिंग्समा भारतलाई शुरुमै धक्का लाग्यो अनि कप्तान रोहित शर्मा केवल २ रन बनाएर जेम्स एण्डरसनको शिकार बने । यसरी केवल ४ रनमा रोहित आउट भएपछि जयसवालले शुभमन गिलसँग मिलेर मोर्चा सम्हाले। यी दुईले दोस्रो विकेटको निम्ति ८२ रनको पार्टनरशीप गरे। बशीरले पछिबाट गिललाई आउट गर्नको साथै भारतले विकेट गुमाउने क्रम शुरु गऱ्यो। गिलले ६५ बल खेलेर ६ वटा चौकाको साथ ३८ रन बनाए। त्यसपछि भारतले रजत पाटीदार (१७) र रविन्द्र जडेजा (१२)-को विकेट गुमायो। अर्द्धशतक पूरा गरेपछि जयसवाल पनि बशीरको शिकार बने। त्यसपछि सरफराज खान (१४) र रविचन्द्रन अश्विन (०१) आउने र जाने मात्र भए। अन्तमा जुरेलले कुलदीपसँग मिलेर दिनको अन्तसम्म थप विकेटको पतन हुन दिएनन्। यी दुईले आठौं विकेटको निम्ति ४२ रनको अटूट पार्टनरशीप गरिएकेका छन्। यसअघि ईंग्ल्याण्डले शनिवार बिहानको सत्रमा पहिलो दिनको स्कोरमा ५१ रन थपेर रहल जम्मै विकेट गुमायो। शुक्रवार ३१ रनमा अविजि रहने ओली रबिन्सनले टेस्ट क्रिकेटमा आफ्नो पहिलो अर्द्धशतक पूरा गरे अनि ९६ बल खेलेर ५८ रन बनाए।

रबिन्सनले ९ वटा चौका र एउटा छक्का लगाए। त्यसपछि जडेजाले शोएब बशीर र जेम्स एण्डरसनलाई आउट गरी ईंग्ल्याण्डको पहिलो ईनिंग्समा विराम लगाए। रुट १२२ रनमा अविजित रहे। उनले २७४ बल खेलेर १० वटा चौका लगाए। भारतीय बलरहरूमा जडेजाले सर्वाधिक ४ विकेट लिए। यसबाहेक आकाश दीपले ३ र मोहम्मद सिराजले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement