सिक्किम: गान्तोकको मुख्य डाक घरका पोस्ट मास्टरले राज्यपालसॅंग शिष्टाचार भेट गरे

IMG-20240224-WA0172.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज पोस्ट मास्टर जनरल, कर्नल अखिलेश पान्डेयले शिष्टाचार भेट गरे। यस भेट अवधि पोस्ट मास्टरले गान्तोक मुख्य डाक घरमा स्थापित डाकघर निर्यात केन्द्र, पार्सल प्याकेजिङ यूनिट र नोडल डिलीवरी सेन्टरको बारेमा जानकारी दिए।

उक्त जानकारी राजभवनले आज जारी प्रेस विज्ञप्तिमा दिएको छ।

पोस्ट मास्टर कर्नल पान्डेयले भने, निर्यात सेन्टर, केन्द्र सरकारद्वारा २०२३ मा लागू गरिएको योजना हो, जसलाई गान्तोकको मुख्य डाक घरमा स्थापित गरिएको छ। यसको स्थापनाले गान्तोक र छेउछाउका ठाउॅंहरूमा पार्सल वितरण यन्त्रीकृत र केन्द्रिकृत भएको छ भने निर्यातकहरूलाई पनि लाभ प्राप्त भइरहेको छ।

जानकारी अनुसार, सबैभन्दा धेरै तिमी अर्ग्यानिक चियाको निर्यात भइरहेको छ। यस अतिरिक्त, ह्यान्डीक्राफ्ट, ठूलो अलैंची, अदुवा र बेकरी उत्पाद आदि निर्यात भइरहेका छन्। यी उत्पादहरू जर्मनी, यूनाइटेड किङ्गडम, बांग्लादेश र नेपाल आदि देशहरू पठाइॅंदैछ। यसका साथै सुकन्या समृद्धि योजनाको वर्तमान स्थितिको बारेमा पनि राज्यपाललाई अवगत गराएको छ।

कर्नल पान्डेयले यस क्रममा राज्यपाललाई श्री राम जन्मभूमि मन्दिरमा जारी स्मारक डाक टिकट पनि भेट गरे। साथै लिम्बू जनजातिको वाद्ययन्त्र ‘के या च्याब्रुङ’ माथि आधारित विशेष आवरण पनि भेट गरे।

राज्यपालले डाकघरको सक्रियतामा केन्द्रिय योजनाहरू तत्काल लागू गरेर जनसाधारणलाई विभिन्न सुविधा प्रदान गर्ने पहललाई सराहनीय बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement