नेहूर बालासनमा भागोप्रमोको शाखा गठन

सोनादा: नेहूर बालासनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटि २४/३३ को वार्ड नम्बर १२ मा शाखा कमिटि गरिएको छ। बुथ कमिटिलाई सरल, सहज र व्यवस्थित ढंगमा चलाउन हेतु भवीराज त्रिखत्रीको अध्यक्षतामा सम्पन्न सभामा सर्वसहमतिले शाखा कमिटिमा सभापति भक्तबहादुर राई, उपसभापति बिक्की रावत, सचिव दिव्य थापा, सहसचिव बिरेन्द्र तामाङ, कोषाध्यक्ष जीवन गुरूङ लगायत २० जना कार्यकारिणी सदस्यहरू लिएर शाखा कमिटि गठन गरिएको छ। बुथ सभापति राजीव राईले संचालन गरेको सभालाई जोनल कमिटिका उपसभापति गोपाल राई, भवीराज त्रिखत्री र समष्टिको सांगठनिक सचिव पुरण तामाङले विशेष सम्बोधन गरेका थिए। सभामा लच्छु प्रधान, सुमन प्रधान, कुमार थापा, धनकुमार तामाङ्ग, भवीराज त्रिखत्री, भक्ते खाती, बुथ कमिटी सभापति राजीव राई, सचिव हसन प्रधान, श्रमिक संगठन एचटीडीपीडब्ल्युयु शाखाका सचिव राजेश तितुङ, युवा शक्ति संयोजक विश्वमणि राई ( बबलू), २४/३४ बूथ कमिटिका सभापति पेम्बा तामाङ, रमेश लेप्चा, जोनल कमिटिका महासचिव मुकन्दर बम्जन, समष्टि सांगठनिक सचिव पुरण तामाङ आदिको विशेष उपस्थिति रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement