सोनादा: रंगबुल धोतरिया रंगमुक समष्टीको इन्टेकदेखि जुमला गाउँसम्म अनि इन्टेकदेखि मुण्डा बाँसघारीसम्म पुग्ने रोड निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त रोडको शिलान्यास क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट गरिएको छ। उक्त रोडको शिलान्यास गरिएपछि आजदेखि नै निर्माण कार्य पनि शुरु गरिएको छ। यो बाटो निर्माणले स्थानीयहरूलाई धेरै सुविधा हुने बताइएको छ। यो रोड निर्माणको लागि स्थानीयहरूले जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। उक्त रोड शिलान्यास विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो लोवर सिडर्स शाखाको सभापति उमेश राईले इन्टेकदेखि बालासनको जुमला गाउँसम्म र इन्टेकदेखि मुण्डासम्म जाने रोड अन्त्यन्तै जीर्णावस्थामा पुगेको थियो र अहिले यहाँ रोड बनिने भएपछि स्थानीयहरू धेरै खुशी भएका छौं भनी बताएका छन्। उनले यो रोडको निर्माण भएपछि स्थानीयहरूसितै विद्यार्थीहरूलाई पनि सुविधा हुने भएको भन्दै यसको लागि स्थानीयहरूको पक्षमा क्षेत्रीय सभासद राजेस चौहान र जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।