अमेरिका इंग्ल्याण्ड र इयुले लगाएको नयाँ प्रतिबन्धले कुनै असर नगर्ने रुसको प्रतिक्रिया  

Puttin

अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। रुसले युक्रेनमा लगातार दुई वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँच सय भन्दा बढी नयाँ प्रतिबन्धहरुको घोषणा गरेको हो। तर,उक्त प्रतिबन्धहरुले कुनै असर नगर्ने प्रतिक्रिया रुसले दिएको छ। जसअनुसार, रुसलाई सहयोग गर्ने १०० बढी संस्थाहरु पनि प्रतिबन्धको सूचीमा छन्। ह्वाइटहाउसले निकालेको विज्ञप्तिअनुसार, रुसको आर्कटिक क्षेत्रमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युको कारण पनि प्रतिबन्धहरु लगाइएको जनाएको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले नाभाल्नीको कारावाससँग जोडिएका व्यक्तिहरूका साथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार र खरिद सञ्जाललगायत अन्य क्षेत्रहरूमा पनि प्रतिबन्ध लगाइने उल्लेख छ। अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनले उच्च मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

उता, इंग्ल्याण्डले पनि रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्दै इंग्ल्याण्डले राष्ट्रपति भ्लादिमिर पुटिनको हतियार र युद्धलाई कम गर्ने प्रयास गरिरहेको बताएको छ। इंग्ल्याण्डका विदेशमन्त्री डेभिड क्यामरुनले ५० भन्दा बढी व्यक्ति र संस्थालाई प्रतिबन्ध लगाएको बताए। इंग्ल्याण्ड र अमेरिका बाहेक युरोपियन युनियनले पनि रुसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ। ईयुले भारतसहित रुस, चीन, काजाकिस्तान, सर्बिया, थाइल्याण्ड, श्रीलंका र टर्कीमा दर्ता भएका २७ कम्पनीमाथि प्रतिबन्ध लगाएको हो। यता रुसले भने प्रतिबन्धले कुनै पनि असर नपर्ने बताउँदै युक्रेन युद्ध जारी रहने प्रतिक्रिया दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement