सिलगढी: प्रधान नगर थाना पुलिसले देशी पिस्तोल सहित दागी अपराधी मुकेश विश्वकर्मालाई पक्राउ गरेको छ। तिनी मूल रूपले सिक्किम रानीपूल निवासी हुन् भने हाल तिनी सिलगढीमा बस्दै आइरहेका छन्।
स

ूत्र अनुसार, गत राति सिलगढी जंक्शन इलाकामा एकजना युवकलाई देशी पिस्तोल सहित देखा परेको गोप्य सूचना प्रधान नगर थाना पुलिसको पेट्रोलिङ टीमलाई प्राप्त भयो। सूचना पाएर पुलिसको पेट्रोलिङ टीमले अभियान चालएर युवकलाई पक्राउ गऱ्यो। यसपछि आरोपीको पहिचान दागी अपराधी मुकेश विश्वकर्माको रूपमा गरियो। पुलिसले तिनीबाट देशी पिस्तोल अनि एउटा जिउँदो कार्तूस पनि फेला पारेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।