बंगाल: खहरेमा ‘किशोरी दिवस’को कार्यक्रम सम्पन्न  

WhatsApp-Image-2024-02-24-at-11.25.03.jpeg

खरसाङ: पश्चिम बंगाल राज्य सरकारको परियोजना स्कीम फर एडोल्सेन्ट गर्ल्स (एसएजी-कन्याश्री प्रकल्प-केपी) खरसाङ शाखाले २३ फरवरीको दिन सन्त मेरिज-२ को खहरे हेल्थ सेन्टरमा ‘किशोरी दिवस’को विशेष कार्यक्रम आयोजना गर्योl  ‘किशोरी दिवस’को यस कार्यक्रममा मुख्य रुपमा आईसीडीएसका वर्कर, हेल्पर, एएनएम श्रीमती सबिना राई, श्रीमती मबेल लेप्चा (एएसएचए), पंचायत समितिका सदस्य वीरन्द्र तामाङ, ग्राम पंचायतकी सदस्य तथा शिक्षिका रेश्मा दियाली,  एसएजी (केपी) टोलीबाट प्रोजेक्ट इन्चार्ज स्मृति छेत्री, फिल्ड फेसिलेटरहरू प्रियंका विश्वकर्म, दीपशिखा छेत्री र लोब्साङ शेर्पा अनि सो क्षेत्र वरिपरिका किशोरीहरू सहभागी थिएl यस कार्यक्रममा कन्याश्री प्रकल्प, छिटो बिहे, मासिक धर्म, ड्रपआउट, स्वास्थ्य अनि स्वच्छता, पौष्टिक आहारबारेमा सबै सहभागीहरूसित चर्चा साथै अन्तरक्रिया गरेl एसएजी (केपी)ले यस्तो जनचेतनामूलक कार्यक्रम विभिन्न क्षेत्रमा गर्दै आइरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement