त्रिपुरा: आईसीएआरआईएको त्रिपुरा गभर्नर द्वारा उद्घाटन

3558197-26.webp

अगरतला: आईसीएआरआईए २के २४ को उद्घाटन आईसिएफएआई विश्वविद्यालय त्रिपुरा क्याम्पसमा २१ फरवरी, २०२४ मा मुख्य अतिथिको रूपमा त्रिपुराका गभर्नर श्री नल्लु इन्द्रसेना रेड्डीद्वारा गरिएको थियो। ओएनजिसि त्रिपुरा एसेट प्रबन्धक श्री कृष्ण कुमार उद्घाटन कार्यक्रमको विशेष अतिथि थिए। विश्वविद्यालय कुलपति प्रा. (डा.) विप्लव हल्दारले उद्घाटन स्वागत मन्तव्य र आईसीएआरआईए कार्यक्रमको बारेमा विस्तृत मन्तव्य दिए।उहाँले, विश्वविद्यालयले त्रिपुराकाे शैक्षिक र व्यावसायिक उन्नतिको लागि, समर्पणको २० वर्षकाे जश्न मनाउदै, उत्कृष्टताको दुई दशक चिह्नित गरने जानकारी दिनुभयो। प्रमुख अतिथि माननीय श्री नल्लु इन्द्रसेना रेड्डीले आफ्नो सम्बोधनमा यस्तो प्राविधिक सांस्कृतिक कार्यक्रमले सहभागीहरूलाई आफ्नो प्रतिभा अभिवृद्धि गर्न, सीप र टिमवर्क निर्माण गर्न, तार्किक तर्क बुझ्न आदि मद्दत गर्ने बताए। आईसीएआरआईए कार्यक्रम, विगत केही वर्षहरूमा  उत्तर पूर्वी भारतको प्राविधिक सांस्कृतिक उत्सवहरू मध्ये सबैभन्दा ठूलो भएको छ र यसले निश्चित रूपमा आफ्नो नाम र ख्यातिलाई अझ उचाइमा पुर्‍याउनेछ भन्ने कुरामा उहाँ खुसी हुनु भए। विभिन्न सीप, रचनात्मक, सांस्कृतिक र प्राविधिक प्रतियोगितामा विभिन्न विद्यालय, कलेज र विश्वविद्यालयका करिब २४ सय विद्यार्थी सहभागी हुनेछन्। कार्यक्रम रंगारंग साँस्कृतिक कार्यक्रमबाट शुरु भएको थियो। पछि कलाकार परमिता रियांगले आफ्ना चर्चित प्लेब्याक गीतहरूले दर्शकहरूलाई मोहित पारे। उद्घाटन कार्यक्रम विश्वविद्यालयका रजिष्ट्रार डा. ए. रंगनाथको ‘भोट अफ थ्याक्स’ भाषणको साथ समाप्त भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *