बंगाल: भागोप्रमोको पाँच दिने खरसाङ खण्ड विकास कार्यालयमा धरणा प्रदर्शन समाप्त

IMG-20240224-WA0141.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ विकास कार्यालय अघि गरिरहेको पाँच दिने धरणा प्रदर्शन समाप्त भएको छ। भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा केन्द्रको बीजेपी सरकारले गोर्खा जाति अन्तर्गत ११ जातिलाई जनजातिकाे दर्जा नदिएको विरो मा विगत २० फरवरीदेदेखि धारावाहिक रूपमा चलिरहेको दोस्रो चरणकाे धरणा प्रदर्शन खरसाङकाे खण्ड विकास कार्यलयमा आज समाप्तवभएको छ। यसावधि खरसाङ खण्ड विकास अधिकारी कौसिक चक्रवर्तीलाई टाउन कमिटीका अध्यक्ष राजु शर्मा, केन्द्रीय नारी शक्ति अध्यक्षा अनु प्रधान, सदस्या जैतुन निशा खातून, महकुमा अध्यक्ष सुभास प्रधान, २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा, महकुमा समिति नारी शक्तिका मूल सचिवा मैया ठकुरी टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बल, कार्यवाहक सचिव बीरबल पाख्रीन, युवा शक्तिका मूल सचिव बन्धन लामा तथा भागोप्रमो सदस्यहरूको उपस्थितिमा ज्ञापन पत्र पठन गरेर सुम्पेको छ। विगत पाँच दिनकाे धरणा प्रदर्शन भागोप्रमोका महकुमा समिति तथा टाउन कमिटीकोे सयुंक्त सञ्चालनमा लगातार यसरी विरोध प्रदर्शन गरिएको छ भने आजको अन्तिम दिन टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले नारामा अगवाई गरेका थिए। यसको साथै नारी शक्ति महकुमा समितिका सचिव मैयाँ ठकुरीले भारतीय जनता पार्टी अनि केंद्र सरकारकाे कोल्टे नीतिकाे विरोधमा आउँदो दिनहरूमामा पनि प्रत्येक घर दैलोमा पुगेर जनतालाई जानकारीसितै जागरुक गर्ने अनि मिशन जागरणकाे कार्यक्रमलाई निरन्तरता दिने भनी बताएका छन्। आजको धरणा प्रदर्शनमा पनि टाउन कमिटीका सह सचिव सञ्जय मुखिया, संगठनिक सचिव रञ्जन गजमेर लगायत कार्यकारिणी सदस्यहरू र विभिन्न वार्डका नारी शक्ति तथा सदस्यहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *