बंगाल: खालिस्तानी टिप्पणीमा भाजपा नेताहरू विरूद्ध भवानीपुर थानामा दर्ता भयो पहिलो प्राथमिकी

IMG-20230410-WA0169-11-300x172-4.jpg

काेलकाता: उत्तर २४ परगनाको सन्देशखालीमा भाजपा नेताहरूद्वारा कथित रूपमा एक सिख पुलिस अधिकारीलाई खालिस्तानी भनिएको मामिलामा पहिलो प्राथमिकी दर्ता गरिएको छ। नेता प्रतिपक्ष शुभेन्दु अधिकारी सहित भाजपा नेताहरूद्वारा ड्यूटीमा तैनाथ एक आईपीएस अधिकारीमाथि ”खालिस्तानी” को आरोप लगाइएको थियो। अब यस मामिलामा कोलकाताको भवानीपुर थानामा एफआईआर दर्ता गरिएको छ। एफआईआर गए शुक्रवार अबेर साँझ दर्ता गरियो।

विपक्षका नेता शुभेन्दु अधिकारीको नेतृत्वमा भाजपा विधायकहरूको एक प्रतिनिधिममण्डल गत मंगलवार सन्देशखाली गएका थिए। त्यसबेला कथित रूपमा एक सिख आईपीएस अधिकारी जयप्रित सिंहमाथि ”खालिस्तानी” टिप्पणी गरिएको थियो। गए शुक्रवार यस घटनालाई लिएर राज्यमा पहिलो एफआईआर दर्ता गरियो। गुरमित नामक व्यक्तिले उक्त एफआईआर दर्ता गराएका हुन् जसले आफ्नो ठेगाना पद्मपुकुर रोडस्थित यूथ खालसा क्लबको नाम लेखाएका छन्। आरोप पत्रमा गुरमितले भनेका छन्, सिख अधिकारीको मात्र अपमान गरिएको छैन जबकि साम्प्रदायिक सद्भावनालाई नष्ट गर्नका साथै विभिन्न धर्महरूबीच हिंसा फैलाउने प्रयास पनि गरिएको छ।

यता सिख समुदायद्वारा मुख्यमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ, जबसम्म उनीमाथि यस्तो टिप्पणी गर्नेहरूलाई सजाय हुँदैन तबसम्म उनीहरूले आफ्नो शान्तिपूर्ण विरोध प्रदर्शनी जारी राख्नेछन्। साथै उनीहरूले यस सन्दर्भमा बातचित गर्नको लागि मुख्यमन्त्रीसित बातचित गर्ने समय मागेका छन्। सिख समुदायको एक प्रतिनिधिमण्डल मुख्यमन्त्रीसित भेट गर्न चाहन्छ।

उल्लेखनीय छ, गत मंगलवार मुख्यमन्त्री ममता ब्यनर्जीले सन्देशखालीको एक भीडियो पोस्ट गरी ”खालिस्तानी” टिप्पणीको निन्दा गरेकी थिइन्। एक प्रेस कन्फ्रेन्समा एडीजी (दक्षिण बंगाल) सुप्रतिम सरकारले भने, सिख पुलिस अधिकारीको बारेमा भाजपाद्वारा गरिएको टिप्पणीको सम्बन्धमा भारतीय दण्ड संहिताको धारा 295 (ए) अन्तर्गत कानूनी कारबाही गरिनेछ। राज्य पुलिसके एक्स ह्याण्डलमा सम्बन्धित पोस्टमा लेखियो, ”हाम्रा एक अधिकारीलाई राज्यका विपक्षी नेताले खालिस्तानी भने। यो एक भड़काऊ टिप्पणी हो र एक आपराधिक अपराध हो। कठोर कानूनी कारबाही शुरू गरिएको छ।”

यद्यपि भवानीपुर थानामा दर्ता एफआईआरमा कुनै भाजपा नेताको नाम उल्लेख गरिएको छैन। हाल ”अज्ञात” भाजपा नेता वा सदस्यविरूद्ध एफआईआर दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement