पाकिस्तानी जैश अल-अदल आतंकवादी समूहकाे वरिष्ठ कमाण्डर इस्माइल शाह बख्शकाे मृत्यु

3558371-untitled-7-copy.webp

तेहरान: ईरानले पाकिस्तानभित्र पसेर जैश अल-अदल आतंकवादी समूहकाे वरिष्ठ कमाण्डर इस्माइल शाह बख्श र उसका केही साथीहरूलाई मारेको छ। ईरानको यस कारबाहीले दुवै देशबिच तनाउ बढ्ने आशंका छ। ईरान इन्टरनेशनल इङ्गलिश (समाचार पोर्टल) ले आफ्नो रिपोर्टमा उक्त जानकारी दिएको छ। ईरानको सरकारी मिडियालाई उद्धृत गर्दै ईरान इन्टरनेशनल इङ्गलिशले आफ्नो एक्स ह्यान्डलमा ईरानका सैन्य सुरक्षा बलहरूले पाकिस्तान विरूद्ध गरेको कारबाहीको संक्षिप्त विवरण साझा गरेको छ। रिपोर्ट अनुसार, ईरानको सैन्य बलहरूले पाकिस्तान क्षेत्रमा जैश-अल-अदल (न्यायको सेना) को आतङ्कवादी ग्रुप कमाण्डर इस्माइल शाह बख्श र उसका केही साथीहरूलाई मारेका छन्।

About Author

Advertisement