बंगाल: भारत-बंगलादेश सीमाबाट पाँच बंगलादेशी पक्राउ

3558391-untitled-10-copy.jpg

काेचबिहार: उत्तर बंगालको जलपाईगुड़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ)- को ९८औं बटालियनको बोर्डर आउट पोस्ट (बीओपी) चेंगराबांधा सीमा जावानहरूले पाँचजना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेका छन्। पक्रा परेका बंगलादेशी नागरिकहरूमा एउटै परिवारका शाहीन खान, नाहिद अख्तर, लुना अख्तर, महादी खान र नफिस खान सामेल छन्।

बीएसएफले शनिवार प्रेस विज्ञप्ति जारी गरी उक्त आशयको जानकारी गरायो। विज्ञप्ति अनुसार यी सबैलाई बीएसएफका सीमा प्रहरीहरूले भीआईपी मोड़ नजिक बीओपी चेंगराबांधाको पछिल्लो क्षेत्रबाट पक्राउ गरे जतिबेला यिनीहरूले संदिग्ध रूपनी सिलगढ़ी जाने वाहनको प्रतीक्षा गरिरहेका थिए।

यी सबै बंगलादेशी नागरिकहरू दहाग्राम अंगरापोटा एन्क्लेवको बार बिनाको क्षेत्रबाट अवैध रूपमा बंगलादेशदेखि भारतमा प्रवेश गरेका थिए। यिनीहरूबाट बंगलादेशी मुद्रा र मोबाइल फोन जफत गरिएको छ। जफत गरिएका सामानहरू सहित यिनीहरू सबैलाई मेखालीगञ्ज थानामा सुम्पिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *