गोरुबथान: कालेबुङ जिल्ला बक्सिङ एसोसिएसनका तत्वावधानमा सम्पन्न बक्सिङ प्रतियोगितामा यसपल्ट गोरुबथान बक्सिङ क्लबका सदस्यहरूले भाग लिएका छन्।विभिन्न स्थानहरूबाट भाग लिन आएका प्रतियोगिहरूसित भिडन्त गरेर स्वर्ण पदक र काँस्य पदक प्राप्त गर्न सफल भएका छन्।

गोरुबथान बक्सिङ क्लबका संस्थापक सचिन राई जो प्रशिक्षक पनि हुन् उनैको नेतृत्वमा १२ जना खेलाडीहरूले भाग लिन गएका थिए। यसमा तीनजना प्रतियोगिहरुले स्वर्ण पदक प्राप्त गरेका छन्। स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा क्रमैले आयशा रिजाल, करुणा राई र धैर्य छेत्री रहेका छन्।

यसै गरी कास्य पदक प्राप्त गर्नेहरूमा सचिन राई, प्रियान्सु लेप्चा, रिया थापा, ध्रुब छेत्री र प्रनिसा राई रहेका छन्। गोरुबथान बक्सिङ क्लबको टिम म्यानेजर नवराज राई र यसपल्टको कार्यक्रममा सहयोगीको रुपमा आयुस्का छेत्री र तुसार भौमिक थियो।आगमी दिनमा समपन्न हुने पश्चिम बंगाल बक्सिङ च्याम्पियनसिप प्रतियोगितामा गोरुबथान बक्सिङ क्लबले भाग लिने जानकारी पनि प्रशिक्षक सचिन राईले दिएका छन्।










