बंगाल: राजगञ्जमा विश्व महावीर चिला रायको ५१४औँ जन्म जयन्ती पालन

88fb3211-93ee-4d79-b5e9-b7bc22a0d788-1024x576.jpg

राजगञ्ज: राजगञ्जको चेउलीबारीमा विश्व महावीर चिला रायको ५१४औँ जन्म जयन्ती पालन गरियो। आज अल कामतापुर कोच राजवंशी समाजको तर्फबाट राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत चेउलीबारीमा विश्व महावीर चिला रायको जन्म जयन्ती पालन गरियो। महावीर चिला रायको तस्विरमा फुलमाला चढाउनको साथै माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै चिला रायको जीवनीबारे एउटा चर्चा सभाको आयोजना गरियो। यस अवसरमा संगठनका सदस्य मोहम्मद हासीबुल, मनोरञ्जन राय लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement