कञ्चनजंघा एफसी सेमिफाइनलमा

IMG-20240224-WA0111.jpg

सिलगढ़ी: उत्तर बंगालको अग्रणी टीम कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले नेपालमा जारी छैटौं इण्टरनेशनल इन्भिटेशन रिफ्यूजी च्यालेञ्ज कप २०२४ (पथरी गोल्ड कप)-को सेमिफाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको म्याचमा केएफसी-ले रारा फूटबल क्लब, धनकुटालाई ३-१-ले पराजित गऱ्यो। म्याचमा केएफसी-बाट अभिषेक थापाले २ र अभिषेक दर्जीले १ गोल गरे।

उत्कृष्ट प्रदर्शन गर्ने अभिषेक थापालाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधान र मुख्य प्रशिक्षक दिनकर छेत्रीको साथमा अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement